अराजकता, राजनीतिको ब्याडबाट जन्मन्छ र छहारीमै फक्रँदै जान्छ
अराजकता राजनीतिको ब्याडबाट जन्मन्छ, हुर्कन्छ र त्यसको छहारीमा फक्रँदै जान्छ । राजनीति असभ्य भैरहँदा राजकाज सभ्य हुनै सक्दैन । नेतृत्व असभ्य छ भने, कार्यकर्ता सभ्य हुन सक्दैन । राज्य असभ्य छ भने, त्यसले सभ्य समाजको नेतृत्व गर्न सक्दैन । राजनीति असभ्य, अभद्र, अनैतिक र भ्रष्ट हुने तर सामाजिक जीवन नैतिक र सभ्य बन्देहुन्थ्यो भन्ने कुरा सम्भव छैन । आजको अराजकता स्वस्फूर्त आएको पनि होइन । यो हाम्रो अर्गानिक राजनीतिको सहउत्पादन हो । अतः हामी आज देखिएका तमाम अराजकताहरूको अन्त्य चाहन्छौं भने राजनीतिक अराजकताको अन्त्य अनिवार्य छ ।
राजनीतिक अराजकता भनेको राजनीतिको यस्तो विकृत स्वरूप हो, जसले राजनीतिबाहेक सबैथोक गर्छ । चाप्लुसी र दलाली गर्छ, बार्गेनिङ गर्छ, चाहिंदो नचाहिंदो सबै माग्छ, भ्रष्टाचार गर्छ तर राजनीति गर्दैन । सत्ताको खेलकुदमा भाग लिन्छ, राजनीति गर्दैन । ठेक्कापट्टा गर्छ, राजनीति गर्दैन । अर्थात् कुनै पनि राजनीतिमा जब एजेण्डा हराउँछ र सत्ता मात्र केन्द्रीय प्रश्न बन्छ तब राजनीतिक अराजकताको प्रारम्भ हुन थाल्छ । यो तलदेखि माथिसम्मै हुने गर्दछ ।
त्यसपछि इमान, नैतिकता र मूल्यमान्यता क्रमशः सत्ताको गुलाम बन्न पुग्छ । दल र त्यसका नेताहरू जब प्रतिस्पर्धाको नाममा एकअर्काको हुर्मत लिनतिर लाग्छ्, त्यसले दलहरूलाई मात्र नांगो बनाउँदैन । सिंगो राजनीति, राजकाज र जीवन सभ्यतालाई नै नांगो बनाउँछन् । अनि त्यही नांगो, मूल्यहीन, भ्रष्ट र अनैतिक राजनीतिको जमिनबाट उम्रन्छ, अराजकताको विषवृक्ष !
आजकाल मुलुकको राष्ट्रिय राजनीतिमा अराजकता, चाप्लुसी र घुक्र्याहट सहितको बर्बराहट एकपछि अर्को गरी वढ्दै गइरहेको छ । यो राजनीतिक कुरा होइन । यसै सन्दर्भमा सत्तारुढ दल नेकपा एमालेले कारबाहीको दण्डा चलाउन शुरु गरेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले तीन जना नेतालाई कारबाही गरेपछि एमालेमा आन्तरिक लोकतन्त्रको सन्दर्भमा चर्चा शुरु भएको छ ।
बुधबार एमालेको करिब ६ घण्टा लामो सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोस्दै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको छ । निरन्तररुपमा पार्टी हितविरुद्ध आवाज उठाएपछि रावलको सदस्यता खोसिएको एमालेको जिकिर छ । भीम रावललाई गरेको कारबाहीप्रति कतिले विरोध त धेरैले समर्थन गरिरहेकाछन् । पार्टीले रावललाई शीरमै राख्दा पनि रावलले आफू असली राष्ट्रवादी बाँकी र बँचेखुचेका सबै घाती देखाउने काम गरिरहेको देखिन्छ ।
भीम रावलले विगतमा पार्टी र राष्ट्रका निम्ति योगदान नगरेकैपनि भन्न मिल्दैन । सँगसँगै उनलाई पार्टीले पनि शीरमै राखेर अवसर र जिम्मेवारी नदिएको थिएन । यसरी हेर्दा अन्तरिम मन्त्रीमण्डलमा झलनाथ खनालको स्वकीय सल्लाहकार, २०५२ सालमा पर्यटन राज्यमन्त्री, ९२०५५ मा पर्यटन मन्त्री, ९२०६२ मा शिक्षा मन्त्री सिफारिस ग¥यो । त्यति बेलापनि खोजेको मन्त्रालय नपाएपछि सरकारमा गएनन्, ९२०६४ मा समानुपातिक सभासद्, ९२०६६ मा गृहमन्त्री, २०७२ मा उप–प्रधानसहित रक्षामन्त्री बनिसकेका नेता हुन् ।
प्रवृतिगत रुपले हेर्नु पर्दा उनि बुटवल भएको महाधिवेशनमा उपाध्यक्ष हार्दा केन्द्रीय सदस्य बने तर महिनौँसम्म शपथ लिएनन् र पार्टी काममा जोडिएनन् । २०६६ को माधव सरकारको गृहमन्त्री पाउने भएपछि हतार हतार केन्द्रीय सदस्यको शपथ लिएको ईतिहास छ ।
एमालेले तत्कालिन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको अवस्थामा ह्विप उलङ्घन गरी एम.सि.सी. पारित गर्ने संसद् बैठक भाग लिए । माधव नेपाल पार्टी विभाजन गरेपछि बृहत्तर पार्टी एकता कायम राख्ने र अगाडि बढ्न १० बुँदे सहमति भयो, उक्त सहमतिका पक्षमा सबै नेताहरू तयार भए तर उनी कार्यान्वयनमा नलागी पार्टी हित विरुद्ध बोल्दै हिँडिरहे ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पद स्वीकारेनन् । केन्द्रीय सदस्य बनेनन्, अनि पार्टीले विधान बमोजिम दिएको सल्लाहकार पदलाई स्वीकार पनि गरेनन् र पार्टी हितविरुद्व निरन्तर बोलिरहे । स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन हिँडेनन्, त्यसको साटो असन्तुष्टि पोखिरहे । जसका कारण उनकै नगरपालिका साँफेबगर समेत गठबन्धनबाट समाजवादीले जित्न पुग्यो अरू थुप्रै क्षति व्यहोर्नुप¥यो ।
राष्ट्रिय मुद्दाका कयौँ विषयमा पार्टी बैठकमा आफ्नो मत नराख्ने पब्लिक खपतका लागि मिडिया र सार्वजनिक स्थानमा बोल्ने उनको आदतै बन्दै गयो । पार्टी नेतृत्वलाई दबाबमा राख्न खोज्ने र आफूमात्र असली राष्ट्रवादी बाँकी सबै घाती देखाउने अनुशासनहीन गतिविधिमा खुलेआम लागिरहे ।
पार्टी कार्यालय भवन बनाउने पार्टीको निर्णयका विषयमा पार्टीमा नभई पब्लिक खपतका निम्ति बाहिर बोलिरहे । सो सम्बन्धमा किन त्यसरी बोलिरहेको भनी स्पष्टीकरण माग्दा जवाफ समेत दिएनन् ।
यसै गरी मनलाग्दी बोल्ने, पार्टी हितकाविरुद्व गतिविधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौँ भीम रावल जन्माएर अराजकता हुर्काउने प्रवृत्तिमा वृद्धि हुन पुग्छ । त्यसो हुँन नदिन सबैले पार्टी विधि विधान र अनुशासनमा बस्नु पर्दछ । अन्यथा कम्युनिष्ट पार्टी अराजकताको शिकार बन्ने र समाप्तीको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।
पार्टीमा अनुशासनको महत्व अत्यन्तै उच्च हुनु पर्छ । कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन्छ । अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ । अनुशासनलेमात्र संगठनात्मक एकता कायम राख्न र सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ । अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्ने गर्छन्, जसले पार्टीलाई जनतामा विश्वसनीय बनाउँछ । अनुशासनका कारण नेतृत्वलाई निर्णय लिन र रणनीति लागू गर्न सजिलो बनाउँछ । अनुशासन नहूुदा नेतृत्व कमजोर हुन्छ । अनुशासित पार्टीलेमात्र समाजमा सकारात्मक सन्देश दिन्छ र नागरिकहरूलाई अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्छ । अनुशासनले पार्टीभित्र हुने आन्तरिक विवादहरूलाई नियन्त्रण गर्न र समाधान गर्न सहयोग पु¥याउँछ । अनुशासन अभावले पार्टीभित्र द्वन्द्व, अविश्वास र विघटनको अवस्था निम्त्याउँछ । त्यसैले कुनै पनि पार्टीको दीर्घकालीन सफलता र स्थायित्वका लागि अनुशासन अत्यावश्यक छ ।