भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री सिंहको निधनमा दुःख व्यक्त गरेका हुन् ।
नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेतासिंहसँगको आफ्नो तस्बिर पनि सार्वजनिक गरेका छन् ।
उनले भनेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ पूर्वप्रधानमन्त्री सिंहको बिहीबार साँझ दिल्लीमा निधन भएको थियो ।