झुटो र सत्य
झुटो खुशी झुक्याएर
सत्य दुखि नपत्याएर
यस्तै छ कहानी
हिजो र आज पनि
देखिन्छ नजर
यताउता डुलाएर
झुटोले सबै आफ्नो बनाएर
सत्यलाई सकेसम्म तड्पाएर
बाँच्न त दुबै बाँच्छन्
कि रुवाएर या हँसाएर
मज्जा लुट्छन् ढाँटेर
दुई दिन झुट साँचेर
सायद सत्य तितो भएर
लुक्छन् गर्भ मै गाडेर
हुनत दुवै दुई पाटा सिक्काको
तर स्वर्ग र नर्क झै फरक
कि त थोरै नरम कि त धेरै कड्क
एक रंगिन रातको हसिना
अर्को हरिश्चन्द्र राजाको दिवाना
खेती झुट गर्नेको मनग्य आम्दानी
सत्य बोलेर काम हुने धेरै नोक्सानी
सत्ययुग अहिलेसम्म कहाँ टिक्छ छ र !
कलियुग हो यो के सत्य यहाँ बिक्छ र !
बनेपा -७