बनेपा विकास बहुउदेश्यीय सहकारीको १८ औं साधारण सभा सम्पन्न

बनेपा विकास बहुउदेश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिलिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ सदस्य लक्ष्मी शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । सचिव सुदेन श्रेष्ठले सचिवको प्रतिवेदन, उपाध्यक्ष नेपाल सुधार भैलले उपाध्यक्षको प्रतिवेदन सभामा पेश गरेका थिए ।

संस्थाको वासलात १० करोड ४२ लाख ५१ हजार १ सय ९१ रुपैयाँ रहेको छ । यस्तै ६ करोड २६ लाख ५६ हजार ५ सय ८५ रुपैयाँ बचत, ६० लाख ५८ हजार ५ सय ५१ रुपैयाँको जगेडा कोष र २ करोड ४५ लाख ३७ हजार ३ सय शेयर पूँजी रहेको स्ंसथाले जनाएको छ ।

संस्थाको साधारण सभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता महेश्वरी केसी र उत्कृष्ट कारोबार गर्ने शिव श्रेष्ठलाई सम्मान गरिएको छ ।