मुटुरोग विशेषज्ञ प्रा.डा.राजेन्द्र कोँजु सम्मानित
काठमाडौ/नेपाल ह्दयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय पुल्चोक ललितपुरले मुटुरोग निवारणका लागि चेतना अभिबृद्धी, उपचार एवं प्रतिकारात्मक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएकोमा धुलिखेल अस्पतालमा कार्यरत एवं काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका पुर्व डिन प्रा.डा.राजेन्द्र कोजुलाई सम्मान गरिएको छ ।
मृगेन्द्र सम्झना चिकित्सा गुठीसँगको सहकार्यमा २०७४ सालमा स्थापना गरिएको मृगगेन्द्र सम्झना चिकित्सा गुठी बक्ता(ओरेसन) सम्मान २०८१ बाट डा.कोजुँ सम्मानित भएका हुन् । नेपाल ह्दयरोग निवारण प्रतिष्ठानका अध्यक्ष डा. सत्यनारायण सुवाल र महासचिव कोमलप्रकाश घिमिरेले पौष १३ गते राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
प्रा.डा.कोँजुका मुटु सँग सम्वन्धित विभिन्न विषयमा पुस्तक, लेख रचना निरन्तर प्रकाशन भईरहेका छन् भने उपचार तथा सामाजिक अभियानमा पनि कोंजु त्यतिक्कै सक्रिय छन् । जेष्ठ नागरिक तथा युवाहरुका लागि डा.कोँजु प्रेरणाको श्रोत बनिरहेका छन् ।