ईश्वरीय प्रेमलाई सेवामा प्रकट गर्दै क्रिसमस सम्पन्न

पाँचखाल/इसाई धर्मावलम्बीहरुले यशु जन्मेको दिन क्रिमसमको अवसरमा मनाउने जन्मोत्सव जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सोहि क्रममा पौष १० गते पाँचखाल ६ तिनपिप्ले स्थित उपासना बप्तिस चर्चले स्थानीय वृद्ध वृद्धालाई सम्मानका साथै बालबालिकाहरुका लागि शैक्षिक समाग्री उपलब्ध गराएको छ ।
शैक्षिक सामाग्री उपलब्ध गराएसँगै बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रेम भोजमा सहभागी गराईएको थियो । पाँचखाल नगरपालिकामा रहेको बाल संगठनमा रहेका अनाथ र अशक्तहरुको लागि चर्च परिवारको तर्फबाट खाद्यान्न सामाग्री उपलब्ध गराईएको थियो । चर्चसमहुको निर्णयअनुसार १३ गते शनिबार उक्त सामाग्री प्रदान गरि क्रिसमस सम्पन्न गरिएको हो ।

नेपाल बाल संगठनमा भएका अनाथहरु र अशक्तहरुका कोही आफन्त नभएकोले कसैलाई जिम्मा दिन सम्भव नभएका कारण तिनीहरुको पालनपोषण गर्नु बाध्यता बनेको तर संम्बंधित संस्था र सरकारले आंशिक मात्रै दिइरहेको भए पनिआवश्यक आर्थिक प्रदान गर्न नसकिरहेकोले उक्त सहयोग प्रदान गरिएको हो । त्यहाँ कार्यरत कर्मचारीहरूले ४४ महीना देखि तलब पाउन नसकेको दयनीय अवस्था पछि उपासना चर्च तिनपिप्लेले थोरै भए पनि सहयोग गरेको पास्टर राम कुमार न्यौपानेले बताए । सम्बन्धित सरोकारवाला निकायहरू, सेवाको हृदय भएका व्यक्ति व्यक्तित्व, संघ संस्थाको ध्यानाकर्षण गराउँदै नेपाल बालसगठनलाई समेत सहयोगका लागि न्यौपानेले अनुरोध गरे ।