लेकबेंसीका सुगन्धहरु लोकार्पण
मण्डनदेउपुर/ यशस्वी स्रष्टा रमेश विकलको चर्चित आख्यान ‘अविरल बग्दछ इन्द्रावती’ सृजना भूमि मण्डनदेउपुर वडा नम्वर १० चण्डेनी मण्डनको जोगिटार माझीगाउँमा अर्जुन–राधा फाउन्डेसनको आयोजनामा स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण ‘लेकबेंसीका सुगन्धहरू’ को लोकार्पण गरिएको छ ।
फाउन्डेसनका संरक्षक अर्जुन नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रमुख अतिथि वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरे, पूर्व सचिव तथा साहित्यकार गोपीनाथ मैनाली र वरिष्ठ साहित्यकार ठाकुर शर्मा घिमिरेको समीक्षा तथा वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसे लगायतले शुभकामना ब्यक्त गरेका थिए । फाउन्डेसनका अध्यक्ष सुमन नेपालको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा संचालन साहित्यकार आलोक चालिसेले गरेका थिए । साहित्यकार, पत्रकार तथा स्थानीयहरुको उपस्थितिमा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।