महाभारत एमालेमा जनकको नेतृत्व
महाभारत/नेकपा एमाले काभ्रेले जिल्लाका १३ वटै पालिका कमिटी, वडा कमिटी र टोल कमिटीहरुको अधिबेशन, गठन, पुर्नगठन गर्ने कार्यलाई तिब्रता दिएको छ । पछिल्लो समय महाभारत गाउँ कमिटीको अधिबेशन आयोजना गरिएको छ ।
अधिबेशनले जनकबहादुर मोक्तानको अध्यक्षतामा नयाँ कमिटी निर्विरोध चयन गरेको छ । कमिटीमा उपाध्यक्ष दोषबहादुर जर्गा, सचिव सुविदार श्रेष्ठ र उपसचिवमा टिकारानी लो रहेका छन् । महाभारत गाउँ कमिटीको दोश्रो अधिबेशनले उक्त नेतृत्व चयन गरेको हो । यस अघि एमालेले धुलिखेल, मण्डनदेउपुर लगायतका कमिटीहरुको अधिबेशन सम्पन्न गरेको छ ।
नमोबुद्ध लगायतका कमिटीहरुको अधिबेशन घोषणा गरिएको छ । अधिबेशनको उद्घाटन कार्यक्रममा विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।