बल्थलीमा छोराले बाबुको घरमा आगो लगाए
प्रतिकात्मक तस्बिर
पनौती/पनौती ११ बल्थली डाँडागाउँमा मानसिक सन्तुलन ठिक नभएका ४५ बर्षिय छोरा दुघलाल तामाङले ८४ बर्षिय बाबु कृष्णबहादुर तामाङको घरमा आगो लगाईदिएका छन् ।
ढुंगा, माटो र जस्ताले छाएको २ तल्लै कच्चि घरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल नस्ट भएको प्रहरीले जानकारी दिएको छ । आगालागीका कारण लत्तकपडा, अनन्पात, भाँडाकुँडा र घर भित्र रहेका सबै सामाग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । पुष १५ गते विहान ५.४५ बजेको समयमा दुधलाल तामाङले आगो ताप्ने क्रममा आगो लगाएको खोपासी प्रहरी चौकीका हवल्दार कुलबहादुर खड्काले बताए । दमकल समेत नजाने उक्त घरमा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रमा लिईएको थियो ।