बालश्रम उन्मुलनका लागि बनेपा नगरपालिकाले गर्यो अनुगमन
बनेपा/बनेपा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बालश्रम उन्मूलनका लागि बनेपा नगरपालिका वडा नंम्बर १ को ईट्टभट्टा र वडा नम्बर ४ मा ईट्टा पार्ने ठाउँको अनुगमन गरेको छ ।
बनेपा नगरपालिका उप–प्रमुख बिमला सापकोटाको नेतृत्वमा ईट्टा भट्टामा बालबालिकाहरु प्रयोग भएका छन् की छैनन्, विद्यालय जाने उमेरका बालबालिकाहरुलाई श्रममा लगाएर विद्यालय पठाएका छन् की छैनन् भनेर अनुगमन गरिएको उपप्रमुख सापकोटाले बताईन् । बालबालिका विद्यालय नपठाइएकोलाई तुरुन्त विद्यालय पठाउन अनुरोध गरिएको उनले बताइन् ।
उनिहरुलाई श्रममा नलगाउन उनको अनुरोध छ । नगरपालिकामा १४ वडामध्ये ५ वटा वडालाई बालश्रम मुक्त गरिसकेको र बाँकी वडाहरुलाई आगामी चैत्र १४ गते गर्ने तयारीमा रहेको महिला बालबालिका शाखा अधिकृत विजया सुवेदीले बताईन् ।
सबै वडामा केहि सुचकहरु मात्र पुरा हुन बाँकी रहेकाले आगामी चैत्र १४ गतेसम्ममा सम्पन्न गर्ने तयारी गरिएको सुवेदीले बताईन् ।
अनुगमनमा ईलाका प्रहरी कार्यलयका प्रमुख ज्ञानेन्द्र खड्का, बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, नगरपालिकाका राजश्व शाखा अधिकृत सुमन भुर्तेल, महिला तथा बालबालिका शाखा निरीक्षक सपना वली, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।