राष्ट्रिय युवा संघ काभ्रेको आयोजनामा फुटसल प्रतियोगिता, ४४ समुह प्रतिस्पर्धामा

बनेपा/राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा दोश्रो फुटसल प्रतियोगिता शुरु भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा ४४ समुहले भाग लिएका छन् ।

प्रतियोगिताको समापन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले गर्नेछन् । प्रतियोगिताको पुर्व सन्ध्यामा युवा संघले नेकपा एमाले काभ्रे र प्रेस चौतारी नेपालसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।

राष्ट्रिय युवा संघले गत वर्ष पनि फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । गत वर्ष प्रतियोगितामा ४७ समुह सहभागि थिए । यो वर्ष प्रथम हुनेले नगद ५० हजार र उपविजेता समुहले २५ हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता १५ मिनेटको हुनेछ । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, पदाधिकारीहरु, प्रदेश कमिटी सदस्य एवं क्षेत्रिय इन्चार्ज रिता ढकाल, युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्धव सापकोटा एवं पदाधिकारीहरु, एमाले जिल्ला कमिटी तथा विभिन्न तहका नेताहरु, जनबर्गिय संगठनका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।