नेपालमा पुनः एक जनामा एमपक्स पुष्टि

नेपालमा पुनः एक जनामा मङ्किपक्स ९एमपक्स० पुष्टि भएको छ । साउदी अरबबाट आएका ४४ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार पिसीआर जाँच गर्दा साउदी अरबबाट आएका एक नेपालीमा एमपक्स पुष्टि भएको हो ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि साउदैबाटै फर्किएका एक जनामा एमपक्स पुष्टि भएको थियो । गत वर्ष एक जनामा विदेशबाट आएका नागरिकमा एमपक्स पुष्टि भएको थियो । योसँगै नेपालमा एमपक्स पुष्टि हुनेको सङ्ख्या तीन पुगेको छ ।

नेपालमा एमपक्स भित्रिएसँगै समाजमा यो रोगबारे त्रास बढ्न थालेको छ । एकपक्स विश्वव्यापी भएपछि विश्व स्वास्थ्य सङ्गठनले दुई वर्षअघि विश्वव्यापी सङ्कटकाल घोषणा गरेको थियो । हाल एकपक्स भारत, पाकिस्तानलगायतका छिमेकी देशमा समेत बढ्दै गएको छ ।