बनेपाका सबै विद्यालयमा स्काउटका कक्षा सञ्चालन हुने
– ५८२ औ विटिसी तथा ४३२ औ पिटिसी ५ दिने तालिम सम्पन्न
बनेपा/ बनेपा नगरपालिकाको आयोजनामा भएको ५८२ औ विटिसी तथा ४३२ औ पिटिसी आधारभुत स्काउट मास्टर तालिमको समापन भएको छ ।
वागमती प्रदेश सांसद कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यता तथा बनेपा नगरपालिका कार्यवाहक प्रमुख विमला सापकोटाको सभापतित्वमा तालिमको समापन गरिएको थियो । ५८२ औ विटिसी तथा ४३२ औ पिटिसि आधारभुत तालिममा नगरका सामुदायीक तथा संस्थागत विद्यालयका ४५ जना शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
गत पौष १० देखी १५ गते सम्म सञ्चालन भएको तालिमपश्चात शिक्षकहरुले सबै विद्यालयमा स्काउटका कक्षा सञ्चालन गर्ने बताईएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथी कन्चन चन्द्र बादेले तालिम महत्वपुर्ण रहेको र ढिलै भएपनि नगरपालिकाले आवश्यक ठानेर प्रदान गरेकोमा धन्यबाद दिएका थिए । आफ्नो तर्फबाट र प्रदेश सरकाबाट कस्तो सहयोग गर्नु पर्छ तयार रहेको बताउदै बादेले प्रत्येक सामुदायीक तथा संस्थागत विद्यालयमा उक्त स्काउट कक्षा सञ्चालन गर्नु पर्ने बताए । कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्थाानीय स्काउट तर्दथ समिति संयोजक पुकार कर्णजितले स्काउटको तालिमका बारेमा बताएका थिए । काभ्रेमा स्काउटको स्थापना २०३२ सालमा भएको हो ।
अहिले सञ्चालन भएको तालिम सातौ भएको र यस अघि काभ्रेमा २०५४ सालमा स्काउट तालिम भएको थियो । यो सातौ तालिम स्काउट ११ वर्ष उमेर देखी १५ वर्ष सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रदान गरिन्छ । स्काउटले केबल पोषाक लगाएर बस्नै मात्रै नभई एउटा जिवनउपयोगी शिक्षा प्रदान गर्छ । एउटा सभ्यनागरीक बनाउन अग्रसर गर्छ,यो देशको लागीअतिनै आवश्यक रहेको छ पुकार कर्णजितले भने । यो शिक्षाको एउटा अभिन्न अंग रहेको भन्दै उनले यस्लाई विद्यालय शिक्षा सगै जोडेर अगाडी लैजान सक्यो भने भोलि कर्मठ युवाहरु जन्मने बताए । देश विकासमा लाग्न सक्ने जमात तयार हुने छ, आगामी माघ महिनामा विद्यार्थीहरुलाई लक्षित गरेर तालिम दिने योजना रहेको कर्णजितले बताए ।
कार्यक्रमका सभापति तथा कार्यवाहक नगर प्रमुख विमला सापकोटाले नगरपालिकाले स्काउट सम्बन्धी कक्षा सञ्चालनका लागी सबन्धीत स्काउटका ब्यक्तिहरुसँग धेरै छलफल गरेर तालिमको आयोजना गरिएको बताईन् । बनेपाका सबै विद्यालयका बालबालिकाहरुलाई स्काउट सिकाउनु पर्छ, र सबै विद्यालयमा स्काउट शुरु गर्नु पर्छ भन्ने हिसाबले उक्त तालिमको आयोजना गरिएको उनले बताईन् । केहि विद्यालयहरुले आफ्नै प्रयासमा स्काउटका कक्षाहरु शुरु गर्नु भएको थियो । अब नगरपालिकाकै सहयोगमा प्रत्येक विद्यालयमा एक जना शिक्षक र एक जना शिक्षिकालाई स्काउटको प्रशिक्षका रुपमा विकास गर्दै उक्त विद्यालयहरुमा स्काउट गठन गरेर स्काउट तालिमलाई अगाडी बढाउन उनको प्रस्ताव छ । विद्यार्थीहरुलाई जिवनउपयोगी सिपमुलक शिक्षा सिकाउन जरुरी भएको बताउदै सापकोटाले विद्यार्थीहरुलाई कलिलै उमेरमा सिपमुलक जिवनउपयोगी शिक्षा अनिवार्य सिकाउनु पर्ने बताईन् ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर १३ का रामलाल दुवाल, स्काउटका राट्रिय प्रशिक्षक शिबराम अर्याल, कोर्स लिडर सबुता महर्जन, प्रशिक्षार्थी बासुदेव घिमिरे र सविना घोरासाईने विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।