देउवाले गरे उद्योग तथा व्यापार विभागमा काभ्रेका सिताराम परियार सहित १० सदस्य मनोनयन

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन्। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

विभागमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका छन्।

सिताराम परियार, काभ्रेपलाञ्चोक

खगेश्वर बोहरा, कञ्चनपुर

मीनबहादुर भण्डारी, जुम्ला

ध्रुव खड्का, काठमाडौं

जमसेर अलि मियाँ, कपिलवस्तु

शम्भुहरि बास्तोला, सोलुखुम्बु

सञ्जीव घिमिरे, झापा

जुनु गुरुङ, लम्जुङ

विजयकुमार सिंह, रौतहट

राजीव श्रेष्ठ, काठमाडौं