धुलिखेल नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई करदाता शिक्षा सम्वन्धी सचेतना

धुलिखेल/धुलिखेल नगरपालिकाले नागरिकहरुलाई करका बारेमा सचेत गराउने उदेश्यले करदाता शिक्षा सम्वन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा उपप्रमुख निराजन जंगमको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

वडा नम्वर १, २, वडा नम्वर ९ देखि १२ सम्मका जनप्रतिनिधि, कर्मचारी सहभागि भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत हरिप्रसाद तिमल्सिना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ लगायतको सहभागिता थियो । दुई चरणमा आयोजना गरिएको कार्यक्रमको दोश्रो सत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले नगरपालिकाले नागरिकहरुसँग लिन पाउने कर, करका श्रोत र अवस्थाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व कार्यालयका कर अधिकृत रमेश ढकालले समग्र करका सन्र्दभमा नागरिकहरुको भूमिका र जिम्मेवारीका बारेमा जानकारी गराएका थिए ।

धुलिखेल प्राकृतिक श्रोतबाट आम्दानी गर्ने पालिका हैन । धुलिखेलको प्रमुख श्रोत सम्पति कर हो भने बहाल तथा ब्यवसाय कर पनि आम्दानीको श्रोत हो । नक्सा पास लगायतका प्राप्त गर्ने आम्दानीबाट नगरपालिकाको आन्तरिक खर्च समेत धान्न मुस्किल हुने गरेको छ । नगरपालिकाले दोश्रो दिन वडा नम्वर ३ देखि ८ सम्मका वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई करदाता शिक्षा सम्वन्धी जनचेतना उपलब्ध गराउँदैछ ।