तेमालबाट विभिन्न पार्टी परित्याग गरी दर्जन भन्दा धेरै युवाहरु एमाले प्रवेश

तेमाल/तेमाल स्थायी घर भई विभिन्न पार्टीमा आवद्ध भई कृयाशिल भएका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

तरुण दल तेमाल गाउँ समितिका सदस्य प्रदिप दोङ, वाईसिएल तेमाल वडा कमिटीका संयोजक उत्तर लामा, नेपाली काँग्रेसका कृयाशिल सदस्यहरु भिम दोङ, पासाङ तामाङ, उर्गेन दोङ, अनिश लामा, छिरिङ्ग लामा, रिकी मोक्तान, राजन दोङ, विश्व दोङ, डिल थोकर, राजकुमार भण्डारी र रविन तामाङ लगायत एमालेमा प्रवेश गरेका छन् ।

तेमाल गाउँ कमिटीका अध्यक्ष सिंहबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा पोलिटब्युृरो सदस्य गोकुल बास्कोटा प्रमुख अतिथी थिए । कार्यक्रममा प्रदेश कमिटीका इन्द्र तामाङ, रिता ढकाल, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, जिल्ला कमिटी सदस्य इन्द्रमान तामाङ, सुरेशकुमार दोङ, कान्छामान तामाङ, विदुर हुमागाई, सिंगबहादुर दोङ, सुरेन्द्र तामाङ, सरस्वती पुलामी मगर, रोशन तामाङ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमालेले लिएको नीति, सिद्धान्त र विचारले मुलुक समृद्ध बनाउने भएकाले एमालेमा सक्रिय भएर कार्य गर्न अनुरोध गरेका थिए ।