समाजसेवी तथा ब्यवसायी सुरेश खत्रीद्वारा माईती बृद्धाश्रम पनौतीमा ब्लाङ्गकेट लगायतका सामाग्री सहयोग
पनौती/प्राणनाथ माईती बृद्ध आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई जाडोमा न्यानो प्रदान गर्ने उदेश्यले समाजसेवी एवं उद्योगी ब्यवसायी, हेभि इक्युमेन्ट ब्यवसायी महासंघका महासचिव तथा बागमती टिपर ब्यवसायी संघका जिल्ला अध्यक्ष सुरेश खत्रीले खाद्यान्न सहितका लत्ताकपडाहरु उपलब्ध गराएका छन् ।
समाजसेवी समेत रहेका खत्रीले माईती बृद्धाश्रममा रहनु भएका बुबाआमाहरुका लागि सक्दो सहयोग गर्ने बताए । खत्रीले जाडोका लागि ४० वटा ब्लाङ्गकेट, १० बोरा चामल र मुसुरोको दाल उपलब्ध गराएका थिए । यस अघि पनि पटक पटक विभिन्न स्थानमा ब्यवसायी खत्रीले सहयोग गर्दै आएका थिए । २०६६ सालमा शुरु भएको माईती बृद्धाश्रमले भवन निर्माण तथा आफ्नै नाममा जग्गा खरिद गरेको छ । सख्या थपिदै गएकाले भवन अभाव हुँदै गएको संरक्षक तथा अध्यक्ष रघुनाथ तिमल्सिनाले बताए ।
बृद्धाश्रममा पछिल्लो चरणमा खाद्यान्न लगायतका सामाग्री अभाव भएकाले सहयोगीहरुलाई पनौती ९ त्रिवेणी धाममा रहेको माईती बृद्धाश्रममा उपस्थित भईदिन अनुरोध गरिएको छ ।