सिडब्लुसीले गर्यो धुलिखेल देविटारमा नि:शुल्क स्वास्थ्य शिविर

धुलिखेल/बनेपामा रहेको सिडब्लुसी पोलिक्लिनिकले धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नशा विशेषज्ञ प्रयास पौडेल र जनरल रोग विशेषज्ञ सुमित प्रजापतिले सहभागिहरुको स्वास्थ्य परिक्षण परेको छ । शिविरमा १ सय ५५ जना स्थानीयहरु सहभागि भएका थिए । शिविरमा वडा अध्यक्ष सन्तबहादुर लामा लगायतले सहजिकरण गरेका थिए ।

यस अघि पनि विभिन्न स्थानमा सिडब्लुसीले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।