इन्सेक वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा
धुलिखेल/नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्था विषयमा २०८१ पुस १६ गते छलफल तथा समिक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा, नेपाल बार एशोसियसन काभ्रेका अध्यक्ष हरिशरण दाहाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, गैसस महासंघका केन्द्रीय सदस्य टोम सापकोटा, मानवअधिकार संगठन बागमति प्रदेशका अध्यक्ष राजु सिग्देल, माइती नेपालकी जिल्ला कार्यक्रम संयोजक गायत्री गौतम, जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी राजकुमारी प्यासी श्रेष्ठ, जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत हिराकुमारी भण्डारी, सक्रिय प्लस नेपालका कमल बन्जारा र महिला अधिकारकर्मी कल्पना विश्वकर्माले मन्तव्य राखेका थिए । कार्यक्रम इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले संचालन गरेकी थिईन् ।
पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले मानवअधिकार वर्ष पुस्तकले समाजमा उल्लेखनिय योगदान दिएको चर्चा गर्दै बाढी पहिरोपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिन आग्रह गरिन ।
मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तिमल्सिनाले समग्र जिल्लाको मानवअधिकार अवस्था उल्लेख गर्दै यस वर्ष मानवअधिकार बञ्चित भएका १६९ र घरेलु हिंसाका १८५ वटा घटना इन्सेकमा अभिलेख भएको बताए ।