महिलाद्धारा सञ्चालित टपरी तथा प्लेट बनाउने उद्योगको उद्घाटन

बनेपा/ सृजनशिल महिला जागरण अभियान उद्योगद्धारा सञ्चालीत टपरी, प्लेट लगाएतका सामान बनाउने उद्योगको उद्घाटन गरिएको छ । बनेपा नगरपालिका कार्यबाहक नगर प्रमुख विमला सापकोटाले उद्योगको उद्घाटन गर्दे महिलाहरुले गर्न सक्छन् भन्ने एउटा गतिलो उदारण भएको बताईन् । नगरपालिकाले पनि उक्त उद्योगलाई साझेदारीका रुपमा सहयोग गर्ने र उद्योगबाट धेरै भन्दा धेरै महिलादिदिबहिनीहरुले रोजगार पाउने विश्वास रहेको सापकोटाले बताईन् ।

महिला आधारशिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा सृजनशिल महिला जागरण उद्योगकी अध्यक्ष कमला कायस्थको सभापतित्वमा भएको उक्तकार्यक्रममा संस्थाले हाल सम्म १ हजार ८ सय भन्दा बढीलाई तालिम प्रदान गरेको बताईन् । महिलाहरुका लागी आर्थिक रुपमा शसक्त बनाउन र कानुनी सहयाता, वित्तिय साक्षतारता, विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आएको कायस्थले बताईन् ।

संस्थाले न्युन आय भएका महिलाहरुलाई कुखुराका चल्ला तथा बाख्राका पाठा वितरण समेत गर्दै आएको कायस्थले बताईन् । कार्यक्रममा सभासद शिलाकतिला, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी कोषाध्यक्ष यशोदा बोगटीले राखेकी थिईन भने सञ्चालन ज्ञानु तिमल्सिनाले गरेकी थिईन् ।