भुम्लुमा ८१ वर्षीय वृद्धको घरबाट सुनसहित नगद चोरी

काभ्रेको भुम्लु गाउँपालिकामा दुई स्थानीयको घर चोरी भएको छ । भुम्लु गाउँपालिका –२, सिम्थलीस्थित न्यौपाने टोलका ३५ वर्षीय काइला लामा र ८१ वर्षीय च्याङ्बा लामाको घरमा चोरी भएको हो । आज बिहान ३ बजे पाँच जनाको अपरिचित समूहले लामाको घरमा चोरी गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक हरेराम नेपालका अनुसार ३५ वर्षीय काइला लामाको घरबाट दुई वटा खुकुरी, दुई वटा कुखुरा , तीन हजार रुपैयाँ र पुरानो सिक्का चोरी भएको छ भने ८१ वर्षीय च्याङ्बा तामाङको घरबाट ४ वटा चाँदीको बाला एउटा सुनको तिलहरी र नदग ९ हजार रुपैयाँ चोरी भएको छ ।