पोखरा विराट चक्र विज्ञान प्रचार प्रसार आरम्भ

जयदेश श्रेष्ठ
बनेपा
आगामी फागुन ११ गते देखि शुभारम्भ हुने विराट चक्र विज्ञानको तयारी स्वरुप प्रचार प्रसार कार्यक्रम सुरुवात भएको छ । कार्यक्रमको शुभारम्भ राष्ट्रपति कार्यकक्षबाट भएको बानेश्वरको आनन्द ईभेन्समा भएको प्रशिक्षक मित्र मिलन कार्यक्रममा भानु गुरुदेवले जानकारी दिए ।

सरल सभ्य र भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा गुरुदेव द्वय रमेश नेपाल र भानु शर्माले प्रशिक्षण निर्देशन स्वरूप सम्पूर्ण सहभागी जीवन विज्ञान प्रशिक्षक मित्रहरूलाई जिम्मेवारी बोध, कर्तव्य पालना गर्ने संकल्प केन्द्रीय परिषद् संयोजक निर्मला के.सी.बाट गराएका थिए ।

तन, मन, धनले कार्यक्रममा सहभागी जनाउन उत्सुक कल्यान मित्रहरूले आफ्नो साथ अरूलाई पनि सहभागी गराउने सङ्कल्पको साथ लुम्बिनीमा भएको बृहत् लुम्बिनी स्वजागरण अभियानमा ५ हजार सङ्ख्यामा ध्यान विश्व रेकर्ड रहने ध्यान संकल्प पूरा भए जस्तै अब पोखरामा हुने विराट चक्र विज्ञानमा उच्चतम सहभागी संख्या जुटाउने तयारी छ ।

गण्डकी प्रदेश परिषद् संयोजक गंगालाल पोखरेलले जिम्मेवारी पूर्वक राम्रो ब्यवस्थापन साथ पोखरा रङ्गशालामा सबैलाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।
जीवन विज्ञान सबै प्रदेश परिषद् संयोजकहरूले आ–आफ्नो तयारीका साथ आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सरकारी निकाय लगायत सबै क्षेत्रहरूबाट उतिकै साथ सहयोग र समर्थन हुने विश्वासका साथ भानु गुरुदेवले भावी योजनाको जानकारी समेत कार्यक्रममा प्रस्तुत गरेका थिए ।

जीवन विज्ञान कार्यक्रम ब्यबस्थाक अभिषेक अधिकारीले प्रत्यक्ष सोधेका प्रश्नहरूको जवाफ दिएका थिए । काभ्रे जिल्ला परिषदबाट पनि उल्लेखनीय सहभागिता भएको थियो । कार्यक्रम सञ्चालन केन्द्रीय परिषद्को सदस्य एवं रामेछापको पूर्व सिडिओ तथा नेपाल सरकारको शिक्षा मन्त्रालयमा कार्यरत अनिता निरौला गरेकी थिइन् ।

कार्यक्रमको समापनमा भानु गुरुदेवले गरेका थिए । समापन कार्यक्रममा उनले २०२४ अन्त सँगै सम्पूर्ण नेपालीहरूको दुख कष्ट हराई नयाँ साल २०२५ को सुनौलो बिहानी सँगै नयाँ युगको प्रारम्भमा जुट्न सक्ने कामना गरेका छन् । नेपाललाई योगमय क्षेत्र ध्यानको उर्गम क्षेत्र बनाउन एक जुट हुन पनि उनले अपिल गरेका छन् ।