नेपालकी पहिलो महिला राजदूत शाहको निधन
काठमाडौं/नेपालकी पहिलो महिला राजदूत विन्दा स्वारी मल्ल शाहको निधन भएको छ ।
पूर्वपरराष्ट्र सचिव मदन भट्टराईका अनुसार, उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् ।
शाहको नियुक्तिलाई नेपालको कूटनीतिक इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिइन्छ । देशको वैदेशिक सेवामा महिला नेतृत्वको लागि उदाहरण स्थापित गर्दै उनले आफ्नो कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्याइन्।
शाह परराष्ट्र मन्त्रालयमा पहिलो महिला सहसचिव पनि हुन् । एक कूटनीतिज्ञको रूपमा, उनले ढाका (बंगलादेश) र वाशिंगटन डीसीमा पनि काम गरेकी थिइन् ।
१३ फेब्रुअरी, १९३३ मा जन्मिएकी उनी सेलिब्रेटी बैंकर अनिल केशरी शाहकी आमा हुन् ।