जाडोमा जेष्ठ नागरिकलाई कम्बल
पनौती/पनौती नगरपालिका वडा नं.२ का ज्येष्ठ नागरिकलाई कम्बल,झुल र खानेकुरा वितरण गरेर सम्मानित गरिएको छ । ७५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुलाई उनीहरूको सम्मान स्वरुप कम्बल झुल र खानेकुरा वितरण गरिएको हो । ८८ जना ज्येष्ठ नागरिकलाई उक्त सहयोग प्याकेज वितरण गरिएको हो। पनौती नगरपालिका वडा नं.२ को आयोजना बाल बहादुर सुर्यकुमारी फाउण्डेशन, श्री कृष्ण सेवा समाज लब्सेटार र नेपाल रेडक्रस कुशादेवीको सह आयोजना रहेको थियो ।