नेभ्ला धुलिखेलको दोस्रो अधिबेशन सम्पन्न

नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसियन (नेभ्ला)धुलिखेल कमिटिको दोश्रो अधिबेसन सम्पन्न भएको छ । नेभ्ला जिल्ला अध्यक्ष कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता र नगर अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

कार्यक्रममा नेभ्ला जिल्ला अध्यक्ष कृष्ण प्रसाद सापकोटा, धुलिखेल नगरपालिका वडा नं.३ का वडा अध्यक्ष गणेश आचार्य, पशुसेवा कार्यालय धुलिखेलका पुर्व प्रमुख राजकुमार हुमागाँई, पशु प्राविधिक मणीप्रसाद सापकोटा, वडा सदस्य सुवास अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रम संञ्चालन सचिव दिपक न्यौपानेले गरेका थिए ।

अधिबेसनको बन्द सत्रले सर्वसमत नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्ष हरिहर अधिकारी (अमृत),उपाध्यक्ष बद्रि प्रसाद तिमल्सिना, सचिव दिपक न्यौपाने ,कोषध्यक्ष सुमित्रा थिङ्ग ,सदस्य प्रदिप सापकोटा, आषिस पोखरेल,रोसनी थिङ्ग सर्वसमत चयन भएका छन ।