एसओएस बालग्राममा पूर्व प्राथमिक तहका शिक्षक–शिक्षिकाहरुलाई कक्षाकोठा व्यवस्थापन तथा पाठ्यक्रम सम्बन्धी परिचर्चा

पनौती/पनौती नगरपालिका अन्तर्गत वडा नं. ५ श्रीखण्डपुर स्थित एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा पूर्व प्राथमिक तहका शिक्षक शिक्षिका बीच कक्षाकोठा व्यवस्थापन तथा पाठ्यक्रमसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।

एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा बनेपा, पनौती र धुलिखेल नगरपालिका भित्रका र्जनभन्दा बढी विद्यालयका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इसिडी प्रशिक्षक अर्चना गुरुङले सहजीकरण गरेकी थिईन् । प्राथमिक तहकी संयोजक नीता सिलवालले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिईन् । विद्यालयका प्राचार्य नरेश्वर आचार्यले विगतदेखि समुदायमा अलग्गै पहिचान बनाएकाले एसओएस हर्मन माइनर विद्यालय काभ्रेले अन्य तहमा जस्तै पूर्वप्राथमिक तहका विद्यार्थीको मनोविज्ञानलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरेको बताए । यसबाट पूर्व प्राथमिक तहको कक्षाकोठा व्यवस्थापन तथा पाठ्यक्रमलाई कसरी विद्यार्थी बिचमा सरल तरिकाले पस्किने भन्ने बारेमा थप हौसला, उत्साह वा जाँगर बढाउने कुरामा विश्वास रहेको बताए ।