सहयोगी रोजगार तथा मल्टिप्रपोज प्रालीमा मन्टेश्वरी, कुक तथा वेटर सम्वन्धी तालिमको अवसर

पनौती/बेरोजगारहरुलाई रोजगारको संयोजन तथा सीपमुलक तालिमहरु प्रदान गर्दै आएको पनौती नगरपालिका वडा नम्वर ५ मा रहेको सहयोगी रोजगार तथा मल्टिप्रपोज प्रालीले आगामी पौष २२ गते सोमबार देखि मण्टेश्वरी र होटल ट्रेनिङ अन्तर्गत कुक, वेटर सम्वन्धी तालिम  शुरु गर्दै छ ।

कम्पनी प्रमुख जुना केसीका अनुसार रोजगार नभएकाहरुलाई आत्मनिर्भर बनाउन तथा सीप सिकेर अन्यत्र रोजगारको अवसरका लागि पनि तालिम महत्वपूर्ण हुनेछ । मन्टेश्वरी तालिम लिएका ब्यक्तिहरुका लागि अवसर नै अवसर सिर्जना भएको तथा पर्यटन क्षेत्रको प्रमुख होटलहरुमा आवश्यक दक्ष जनशक्ति माग भईरहेका बेला उक्त तालिमहरु महत्वपूर्ण हुने केसीले बताईन् ।

केसीका अनुसार उक्त तालिममा सहभागि हुन चाहनेहरुका लागि सहयोगी रोजगार तथा मल्टिप्रपोजप्रालीले आवश्यक सहजिकरण गर्नेछ । साथै रोजगारका लागि पनि समन्वय गर्ने उनले बताईन् । तालिमका लागि इच्छुक ब्यक्तिहरुले सहयोगी रोजगारको कार्यालय पनौती ५ चौकोट स्थित साविक छालाकारखानासँगै रहेको कार्यालय अर्थात ९८५१२२९७४८ र ०११–६६३३०९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । हालसम्म उक्त संस्थाले थुप्रै ब्यक्तिहरुलाई रोजगारको अवसर सिर्जना गरिसकेको छ ।