एमाले नमोबुद्धमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा गणेश लामा
नेकपा एमाले नमोबुद्ध नगर कमिटीको दोस्रो अधिबेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट अध्यक्षमा गणेश लामा निर्वाचित भएका छन् ।
उपाध्यक्ष कृष्ण बहादुर लामा, सचिव सञ्जिव ढकाल, उपसचिव उपेन्द्र अधिकारी र सम्झना लामा निर्वाचित भएका छन् । नेकपा एमाले नमोबुद्ध नगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन शुक्रबार एमालेका सचिव गोकर्ण विष्टले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले जनताको निराशा चिर्नका लागि दुई ठुला दल एमाले र कांग्रेस मिल्नु परेको स्पष्ट पारे । राजनितिक स्थायित्वसँगै अधुरा कामलाई पुर्णता दिन ठुला दल एकजुट भएको उनले बताए । वर्तमान सरकार गठनसँगै विकास निर्माणका कामले गति लिन थालेको उनको दाबी छ ।
कार्यक्रममा विशेष अतिथी नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बाँस्कोटाले जनताको मन जित्नेगरी काम गर्न निर्देशन दिएका छन् । चुनावको टिकट नेतासँग नभई जनतासँग रहेको भन्दै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।
एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्णप्रसाद खनालको सभापतित्व रहेको कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा, नविना लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, लगायत विभिन्न जिम्मेवारीमा रहेका एमाले नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।