अखिल क्रान्तिकारीमा काभ्रेका गोविन्द बाँनिया केन्द्रिय अध्यक्ष पदका सशक्त उम्मेदवार

बनेपा/ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद कायम भए पछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । उमेर हद कायम हुँदा अहिले उपमहासचिव र त्यो भन्दा तल्लो वरीयता रहेका विद्यार्थी नेताहरूको बाहुल्य रहने भएको छ ।

३२ वर्षे उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा मतदान हुँदा उमेर हद लाग्ने पक्षमा बहुमत प्राप्त भएको थियो । अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ । फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले केन्द्रदेखि प्रदेश र जिल्ला तहका कमिटीसम्म अब ३२ वर्षे उमेर हद लागू हुने बताए । इकाइ कमिटीमा भने यस अघि नै ३२ वर्षे उमेर हद लागू भइसकेको छ ।

३२ बर्षे उमेर हद कायम हुँदा विश्वविद्यालय प्रदेशबाट काभ्रेपलाञ्चोक जिल्ला बनेपा घर भएका गोबिन्द बाँनिया अध्यक्ष पदका दाबेदार हुन् । सिभिल इन्जिनियर स्नातक र व्यवस्थापन एमबिए स्नातकोत्तर पास गरेका उनी माओवादी केन्द्रका सबै तहका नेताहरुसँग समदुरीमा छन् । उनी समाजसेवी संस्था रोटरी क्लबका सदस्य पनि हुन् ।

२०६८ सालमा अखिल क्रान्तिकारी साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका गोबिन्द बानियाँ काठमाडौ विश्वविद्यालयको जिल्ला समिती सदस्य, जिल्ला सचिव, जिल्ला अध्यक्ष र एकताको एक्काइसौं रास्ट्रिय सम्मेलनबाट विस्वविद्यालय कमाण्डबाट लोकप्रिय मत सहित केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । २२ औं रास्ट्रिय सम्मेलनमा सचिवालय सदस्य, केन्द्रीय सचीव हुँदै राजनीतिक यात्राामा अघि बढेका गोविन्द बाँनिया ३२ बर्षे उमेर हद लागु भए पछि अध्यक्ष पदका बलिया र शशक्त दावेदार हुन् । आर डिजाइन एन्ड विल्डर्स प्रा लि र अर्बानो मल्टिपरपाजका निर्देशक समेत रहेका बाँनिया नवीन उद्यमशिल संस्थाहरुमा आर्थिक परामर्शदाताको रुपमा पनि सक्रिय छन् ।

बित्तीय अनुशासन, बैचारिक स्पष्टता र साङ्गठनीक शुसासन मुल एजेन्डा बनाएका उनले उमेर हदको सम्बन्धमा राजनीतिक वा बैचारिक भन्दा पनि व्यवहारिक बिषय भएको र दुबै उमेर समुहको निरन्तर मार्ग निर्देशनमा अगाडि बढ्ने बताएका छन् ।
अखिल क्रान्तिकारीको नयाँ कार्य समिति चयनका क्रममा उमेर हदको विषयमा विवाद हुँदा काठमाडौंको कीर्तिपुरमा आयोजित २३ औ राष्ट्रिय सम्मेलन नेतृत्व चयन नगरी स्थगित भएको थियो । विवादको छिनोफानो गर्न अखिल क्रान्तिकारीले लोकतान्त्रिक प्रक्रिया अपनाएको थियो । ३२ वर्ष उमेर नपुगेकाले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी अध्यक्ष सहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु आगामी माघ १२ गते चयन गर्ने निर्वाचन कार्यक्रम छ ।
अखिल क्रान्तिकारीको विधानमा २ सय ४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाईएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने प्रावधान छ । अखिल क्रान्तिकारीको नेतृत्वमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पक्षधरबीच प्रतिस्पर्धा हुने संगठनका नेताहरु बताउँछन् । उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा.अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत प्रतिस्पर्धाबाट बाहिरिने छन् । यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिने छन् । यो सँगै निवर्तमान उपमहासचिव, सचीव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ ।