स्वस्थ र सफा माछा मासुका लागि बनेपामा मानेश्वरी कोल्ड स्टोर
बनेपा/बनेपामा मानेश्वरी भ्याली कोल्ड स्टोर एण्ड तरकारी सप्लायर्स सेन्टर संचालनमा आएको छ । युवा ब्यवसायी महेश थापाले मासुजन्य तथा तरकारी खुद्रा र होलसेल रुपमा उपलब्ध गराउने गरी बनेपा नगरपालिका वडा नम्वर ८ साविकको मयुर हल जाने सडक मार्गमा शुभारम्भ गरेका हुन् ।
स्वस्थ र सफा तथा ताजा कुखुरा, खसी र बोकाको मासु उपलब्ध हुने संचालक महेश थापाले बताए । ‘स्वस्थ मासु र तरकारीका लागि मानेश्वरी भ्याली कोल्ड स्टोर शुरु गरेका हौं’–संचालक थापाले भने–‘कुखुरा, खसी, बोका, माछा तथा अण्डा लगायत ताजा तरकारीहरु खुद्रा र होलसेल मुल्यमा उपलब्ध गराउनेछौं ।’
मानेश्वरी भ्याली कोल्ड स्टोरमा भाग लगाएको खसीको मासु, खसीको मासु, ब्रोईलर कुखुराको मासु, खसीको टाउको, भुटन, पांग्रा र खुट्टा तथा रहु माछा र बुहारी माछा, अण्डा लगायत उपलब्ध हुने थापाले बताए ।