अर्किड ईन्टरनेश्नल एकेडेमीको १५ औं वार्षिक खेलकुद समारोह

बनेपा/अर्किड ईन्टरनेश्नल एकेडेमी बनेपामा १५ औं वार्षिक खेलकुद समारोह २०८१ सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतिले विद्यालयले अभिभावक सहित विद्यार्थीहरु सम्मिलित खेलकुद समारोहमा विभिन्न खेलकुदहरु समाबेश गराईएको बताईन् ।

विद्यार्थीहरुलाई पढाई सगै खेलकुद मार्फत समेत शारिरिक रुपमा स्वस्थ र अनुशासित राख्नका खेलकुद महत्वपुर्ण रहेको बताईन् । परेड, नमस्ते ब्याम, जुम्बा, तेक्वान्दो लगाएतका खेलहरुमा समावेश थिए । प्ले ग्रुप देखी कक्षा ७ सम्मका विद्यार्थीहरुले खेलकुदमा भाग लिएका थिए ।

कार्यक्रममा विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितको सभापतित्व रहेको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक समितिका उपाध्यक्ष रोशन श्रेष्ठ, सचिब रजित पलाञ्चोके, कोषाध्यक्ष निरन्जन पलाञ्चोके, सदस्य राधा कायस्थ लगाएतको सहभागिता रहेको थियो ।