अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकियोः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको गुनासो गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्र्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए ।
उनले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर गरे । उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे ।