एमाले भुम्लुमा चन्द्रको नेतृत्व

नेकपा एमाले भुम्लु गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । पालिका अध्यक्षमा चन्द्रबहादुर लामा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा भरतबहादुर शिवभक्ति, सचिव रमन तामाङ, उपसचिवमा अष्ट बहादुर श्रेष्ठ र शुशिला कुँवर निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले गरेका थिए । अधिवेशन उद्घाटन गर्दै बाँस्कोटाले मुलुक समृद्धिको परिकल्पनाकार एमाले भएको बताए । जनताको सपना पुरा गर्नेगरी विकास निर्माणका काममा केन्द्रित हुन उनले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, उपसचिव रत्नकुश रञ्जितकार, सुर्यमाया दनुवार लगायत नेता कार्यकर्ताको सहभागीता थियो ।

एमालेले धमाधम स्थानीय तहको अधिवेशन गरिरहेको छ । यसअघि मण्डनदेउपुर नगरपालिका, धुलिखेल, नमोवुद्ध नगरपालिका र महाभारत गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भइसकेको छ । मण्डनदेउपुर बाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।