रेयुकाई मासुनागा आँखा अस्पताल, रोशी गाँउपालिका र मनकामना हार्डवयर सप्लायर्स बिच त्रिपक्षिय सम्झौता
बनेपा/रेयुकाई मासुनागा आँखा अस्पताल, रोशी गाँउपालिका र बनेपामा रहेको मनकामना हार्डवेयर सप्लायर्स बिच रोशी गाँउपालिका भित्र स्थायी बसोबास गर्ने नागरिकहरुको निःशुल्क मोतिबिन्दु रोगको उपचार गर्ने सम्झौता भएको छ ।
गत असोज १० देखी १२ सम्म परेको अबिरल बर्षाका कारण रोशी गाँउपालिकामा ठुलो धनजनको क्षति पुगेको अवस्थामा मनकामना हार्डवेयर सप्लायर्सले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख रुपैयाँ उपलब्ध गराई रोशी गाउँपालिकाका नागरिकहरुको निःशुल्क आँखाको उपचारका लागी सहयोग गरेको बताएको छ । रोशी गाउँपालिकाले गत वर्षहरुमा पनि रेयुकाई मासुनागा आँखा अस्पताल सँग समन्वय गरी पालिकाका नागरिकहरुको निःशुल्क आँखाको उपचार तथा मोतिबिन्दुको अप्रेसन गर्दे आएको पालिका अध्यक्ष दिनेश लामाले बताए । अबिरल बर्षा पछि पालिकाको बजेट धेरै क्षेत्रमा कटौती गर्नुपर्ने अवस्था आएको थियो तर पनि पालिकाले ६० वर्ष भन्दा माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा गरेका कारण केही राहत मिले पनि पालिकालाई साथ दिन बनेपामा रहेको मनकामनाले सहयोग गरेकोमा धनद दिएका थिए । उक्त विपत् पछि सबै क्षेत्रको सहयोगले मात्रै नागरिकहरुको मनोबल बढ्ने लामाले बताए । हामी अभिभावकीय दाियत्वबाट हटेका छैनौ तर सबैको साथ सहयोगको आवश्यक रहेको पालिका अध्यक्ष दिनेश लामाले बताए । अस्पतालका महासचिव हिरामणी शर्माले अस्पतालको उद्देश्य भनेको सम्पूर्ण नागरिकहरुले उज्यालो देख्न सकून भन्ने रहेको बताए । अस्पतालले विभिन्न पालिकाहरुको सहयोगमा मोतिबिन्दु न्युनीकरण गर्न लागी परेको बताए ।
पालिकाहरुमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई मोतिबिन्दु न्युनीकरण गर्न तालिम प्रदान गर्दै आएको शर्माले बताए । अस्पतालको शाखा रहेको ढल्केबर धनुषा र अन्य ५ ठाँउमा क्लिनिक सञ्चालन गरी नागरीकहरुको न्युन शुल्कमा आँखाको उपचार गर्दै आएको शर्माले बताए । त्रिपक्षीय सम्झौतामा अस्पतालका तर्फबाट महासचिब हिरामणी शर्मा पालिकाको तर्फबाट अध्यक्ष दिनेश लामा र हार्डवेयरको तर्फबाट सञ्चालक राम प्रसाद झाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको रोहबरमा अस्पतलाको तर्फबाट कोषाध्यक्ष दिनेशराज कायस्थ, सह सचिब धर्मभक्त प्रधान पालिकाको तर्फबाट उपाध्यक्ष मिम बहादुर वाईबा(ज्वाला) प्रमुख प्रशासकिय अधिकृत शिव भन्तना तथा हार्डवेयरको तर्फबाट सञ्चालक सज्जन कुमार अग्रवाल रहेका छन् । सम्झौतामा पालिका भित्र वडा गत रुपमा शिबिर सञ्चालन गर्ने, शिबिरमा मोतिबिन्दुको अप्रेसन गर्नु पर्ने देखिएमा अस्पतालमा ल्याई निःशुल्क अप्रेसन गर्ने लगायत रहेका छन् ।