कार्ययोजनामा निर्माणाधीन भवन ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने, ६५ वर्ष पुगेका जेष्ठ पत्रकारलाई वृत्ति प्रदानदेखि विधागत तालिम र कल्याणकारी कोषसम्मका योजना समेटिएको छ ।
कार्ययोजनाको पहिलो बुँदामा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवन निर्माणलाई ३ महिनाभित्र पुर्णता दिइने उल्लेख छ । यस्तै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको निर्माणाधिन वेबसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, पत्रकार महासंघका सदस्यहरुको डिजिटल प्रोफाइलसहित महासंघका सम्पूर्ण गतिविधि र जानकारीहरु प्रकाशन गर्ने योजना बनाइएको छ ।
वार्षिक रुपमा कम्तीमा दुईपटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको लागि विधागत तालिमहरु सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ । पत्रकार महासंघ काभ्रेपलाञ्चोकको कार्यालयमा ऐतिहासिक दस्तावेज, पत्रिका एवं पुस्तकहरुसहितको लाइब्रेरी स्थापना गरिने समेत योजना तय गरिएको छ । पत्रकार महासंघले ६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि वृत्ती प्रदान गर्न कोष स्थापना गर्ने भएको छ ।
यस्तो छ पत्रकार महासंघ काभ्रेपलाञ्चोकको ३ वर्षे कार्ययोजनाः
१. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवन निर्माणलाई ३ महिनाभित्र पूर्णता दिइनेछ ।
२. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको निर्माणाधिन वेबसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, पत्रकार महासंघका सदस्यहरुको डिजिटल प्रोफाइलसहित महासंघका सम्पूर्ण गतिविधि र जानकारीहरु प्रकाशन
गरिनेछ । ३. जिल्लास्थित सञ्चार माध्यमको संस्थागत विकास, व्यवसायिक उन्नयनको लागि महासंघबाट समन्वयकारी भूमिका निर्वाह गरिनेछ। लोककल्याणकारी विज्ञापन लगायतका विषयमा समन्वय गरिनेछ ।
४. वार्षिक रुपमा कम्तीमा दुईपटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको लागि विधागत तालिमहरु सञ्चालन गरिनेछ ।
५. पत्रकार महासंघ काभ्रेपलाञ्चोकको कार्यालयमा ऐतिहासिक दस्तावेज, पत्रिका एवं पुस्तकहरुसहितको लाइब्रेरी स्थापना गरिनेछ ।
६. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको स्थापनादेखि हालसम्म भएका सम्पूर्ण बैठकका निर्णयहरुको अभिलेखीकरण गरिनेछ।
७. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विगतमा प्रदान गर्दै आएका पुरस्कार एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. जिल्लाका सबै स्थानीय सरकारहरुसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुसंग स्थानीय तहका सवालहरुमा अन्तरक्रिया, अभिमुखिकरण, तालिम लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
९. पत्रकारिता क्षेत्रमा महिला तथा दलित, जनजाती लगायतका समुदायको उपस्थितिलाई बढाउन सरोकारवालाहरुसंगको सहकार्यमा कार्यक्रमहरु तय गरिनेछन् ।
१०. सञ्चारिका समूह, क्रियाशिल पत्रकार महिला लगायतका पत्रकार क्रियाशिल पत्रकार महिलासँग सम्बन्धित संघसंस्थासँगको सहकार्य र समन्वयमा तालिम, अन्तरक्रिया लगायतका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
११. पत्रकारसँग सम्बन्धीत विभिन्न संगठनसँगको सहकार्य र समन्वयलाई विशेष जोड दिदै समय समयमा छलफल अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिनेछन् ।
१२. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको रु. ५ लाखको कल्याणकारी कोषलाई तीन वर्षभित्र १५ लाख रुपैयाँको बनाउन जोड दिनेइछ ।
१३. ६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि वृत्ती प्रदान गर्न कोष स्थापना गरिनेछ ।
१४. जिल्लामा सञ्चालित सञ्चारमाध्यममा जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, खोज, अनुसन्धान लगायतका कार्य गर्न आमसञ्चार तथा पत्रकारिता पढाई हुने शैक्षिक संस्थाहरुसंग सहकार्य अघि बढाइनेछ ।
१५. खोज, अनुसन्धान र लेखन क्षमता अभिवृद्धिको लागि लेखनवृक्ति, प्रोत्साहन रकम प्रदान गरिनेछ ।
१६. विभिन्न संघसंस्थासंगको सहकार्यमा पत्रकारको दुर्घटना विमा, स्वास्थ्य विमा लागू गरिनेछ ।