बुडोल सामुदायीक साकोसका पदाधिकारी तथा कर्मचारीलाई क्षमताबृद्धि तालिम
बनेपा÷ बुडोल सामुदयाीक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा संस्थाका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नेतृत्व क्षमताबृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्ययोजना बमोजिम ३ दिने लिडरशिप बुटक्याम्प कार्यक्रम सम्पन्न भएको हो ।
नेफ्स्कुनका प्राचार्य बल्लभ तिमल्सिना र कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाको सहजीकरणमा तालिम सञ्चालन गरिएको थियो । तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी २४ जनाले सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक समिति सदस्य मन्दिरा मिश्रले तालिमको सिकाईबाट आगामीदिनमा बुडोल सामुदायिक साकोसको नेतृत्व थप मजबुत हुने विश्वासब्यक्त गरेकी थिईन् । तालिममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले कार्यक्रम निकै उपयोगी रहेको भन्दै नेतृत्व गरिरहेका व्यक्तिहरुको विचारलाई अझ परिष्कृत बनाउँदै नेतृत्वगर्ने उद्देश्य तय गर्न मद्दतमिल्ने विश्वास व्यक्त गरेका छन् ।