स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिवी र रविसँगै एमाले काभ्रेकी जिल्ला कमिटी सदस्य कल्पना कुमारी संलग्न

बनेपा/स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमा नेकपा एमाले जिल्ला कमिटी काभ्रेकी सदस्य तथा नेकपा एमाले काभ्रेबाट २०७९ सालको स्थानीय तहको चुनावमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार समेत रहेकी भुम्लु गाउँपालिका ५ सल्ले घर भएकी कल्पनाकुमारी श्रेष्ठ समेत छिन् ।

दैलेख जिल्ला घर भई भुम्लु गाउँपालिका वडा नम्वर ५ सल्ले घर भएकी कल्पना कुमारी श्रेष्ठ उक्त सहकारीको पुर्व अध्यक्ष तथा कर्मचारी समेत भई कार्यरत थिईन् । नागरिकता नम्वर ९३१२१/२०४४, जारी मिति २०५५ साल भदौ १२ गते उनले नागरिकता लिएकी थिईन् । कल्पनाकुमारी श्रेष्ठ  दैलेखबाट काठमाडौ आई विभिन्न पेशा ब्यवसायमा संलग्न थिईन् । एमालेको सम्पर्क मञ्च लगायतका विभिन्न कमिटीमा काम गर्दा गर्दै उनि भुम्लुका राम श्रेष्ठसँग विवाह गरेर सक्रिय भएकी थिईन् । कल्पनाकुमारीले सहकारी जिवी राई लगायतलाई हस्तान्तरण गरेकी थिईन् । उनी सामान्य परिवारकी हुन् ।

स्वर्णलक्ष्मी सहकारीमा कल्पनाकुमारी पहिले अध्यक्ष थिईन् । रवि लामिछाने सहितको प्रवेश पछि उनी कर्मचारीको रुपमा कार्यरत थिईन् । प्रहरीले दैलेख जन्म भई काठमाडौ बस्दै आएकी भुम्लु गाउँपालिकामा विवाह गरेर बसिरहेकी कल्पनाकुमारी श्रेष्ठ सहितलाई फरार भनेको छ । उनी अहिले लुकेर बसिरहेकी छिन् । नेकपा एमाले काभ्रे जिल्ला कमिटीमा उनि दोश्रो कार्यकालको जिल्ला कमिटी सदस्य हुन् । भुम्लु ५ मा घर भएकी कल्पनाकुमारी अहिले फरार छिन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आईतबार अदालतमा मुद्दा दर्ता गराएको हो । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा लामिछानेसहित स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, छविलाल जोशी, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्यस्तै, सविना आले मगर, भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्व लेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्व अध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको हो ।
सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।