शेमरक निष्ट स्कुलको मन्टेश्वरी क्लवको खेलकुद सप्ताह
बनेपा/शेमरक निष्ट स्कुलको मन्टेश्वरी क्लवको खेलकुद सप्ताह सहित अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका डाईरेक्टर तथा प्रिन्सिपल अशोक पाण्डेले विद्यालय तथा शैक्षिक क्षेत्रका चुनौतीका बारेमा जानकारी दिदै विद्यालयले दिईरहेका शिक्षाका बारेमा जानकारी गराएका थिए । पछिल्लो समय विश्व बजारमा २५ वर्ष पछि आर्टिफिसियल इन्टलिजेन्स भिज्ने जनशक्ति तयार पारिने र त्यसका लागि जेनेरल आर्टिफिसियल इन्टलिजेन्स शिक्षामा प्रयोग विषयमा नै आफुले पिएचडीको तयारी अध्ययन गरिरहेको बताए ।
निष्ट फाउण्डेशनका अध्यक्ष डा. माधव बरालले निष्टको स्थापना र त्यसले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । अध्यक्ष बरालले डाईरेक्टर अशोक पाण्डेको भिजन राम्रो भएको बताउँदै त्यसलाई कार्यान्वनमा आउने चुनौती समाधानमा सहकार्य गर्ने बताए । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो ।