बेथान्चोकका विद्यार्थीहरुलाई पोशाक सहित शैक्षिक सामाग्री
बेथान्चोक/बेथान्चोक गाउँपालिका वडा नम्वर ३ भित्र रहेका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको समयमा विद्यालय पोशाक, टोपी, स्टेशनरी सहित विभिन्न सामाग्री उपलब्ध गराईको छ ।
बेथान्चोक गाउँपालिकाको वडा नम्वर ३ मा ५ वटा माध्यमिक विद्यालय छन् । जसमा २ सय १४ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यार्थीहरुका लागि विद्यालय पोशाक, न्यानो टोपी, स्टेशनरी उपलब्ध गराईएको थियो । साथै ३ सय जनालाई खाद्य किट र १ सय जना जेष्ठ नागरिकलाई ज्याकेट उपलब्ध गराईएको छ । काभ्रे जिल्ला स्थायी घर भई विभिन्न पेशा ब्यवसायमा संलग्न समाजसेवी पार्बती खरेल पान्डे र उहाँहरुको समुहमा सहभागि भई ७ वटा क्लवहरुले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर लायन बिनोद ढुङ्गानाले आयोजक क्लबका अध्यक्ष एवं पदाधिकारीलाई उत्कृष्ट मानवीय सेवाका लागि बधाई र धन्यवाद दिएका थिए । कार्यक्रममा पार्बती खरेल पान्डे, गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्ष कुवेर ढकाल लगायतको सहभागिता रहेको थियो । लायन्स क्लब अफ काठमाडौ परोपकार, लायन्स क्लब अफ काठमाडौ रन्जना, लायन्स क्लब अफ काठमाडौ तार्केस्वर, लायन्स क्लब अफ काठमाडौ रन्जना सिस्टर, लायन्स क्लब अफ काठमाडौ रक्तदाता समुदाय, लायन्स क्लब अफ काठमाडौ आस्थापुन्ज, लायन्स क्लब अफ काठमाडौ गोल्डेन हर्टले सहयोग गरेका थिए । कार्यक्रममा सुर्या केसी, महेश पाण्डेय, केदार न्यौपाने, नवराज पाण्डेय, सुबास खत्री, विनय त्रिपाठी, लायन पुर्ण कार्की लगायतको सहभागिता रहेको स्थानीय समाजसेवी माधव लामाले जानकारी दिए ।
लायन शशी भुमि श्रेष्ठ, लायन विना श्रेष्ठ, लायन चक्र न्यौपाने, कल्पना श्रेष्ठ, पार्वती भट्ट, दिपक सापकोटा, राजकुमार तिमल्सिना, प्रल्हाद शर्मा हुमागाई लगायतको सहभागिता रहेको थियो ।