पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालय बीच अन्तर्क्रिया
धुलिखेल/नेपाल पत्रकार महासंघ काभ्रे शाखामा निर्वाचितहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बधाई, शुभकामना साथै जिल्लाको शान्ति सुरक्षा तथा अपराध अनुसन्धान तथा सुचना प्रवाहमा सहजीकरणका सन्र्दभमा अन्र्तक्रिया गरेको छ ।
प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जिल्लामा भएका अपराध र अपराध न्यूनीकरणमा प्रहरीले खेलेको भूमिका, सूचना सम्प्रेषण लगायतमा प्रहरी र संचारकर्मीहरुको समन्वयात्मक भूमिकाका बारेमा भईरहेका प्रयासका बारेमा जानकारी गराएकी थिईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले संचारकर्मीहरुलाई सदैव तथ्य सूचना उपलब्ध गराउन र अपराध न्यूनीकरण तथा सामाजिक अभियान संचालनमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सूचना अधिकारी मिनबहादुर घलेले निर्वाचितहरुलाई स्वागत गर्दै सूचना सम्प्रेषणमा सहकार्य गर्ने बताएका थिए ।