काभ्रे र सिन्धुपाल्चोकका कृषि प्राविधिकलाई नवीनतम प्रविधि सम्बन्धी तालिम
काभ्रेमा दुई जिल्लाका कृषि प्राविधिहरुलाई नवप्रवर्तन तथा नविनतम प्रविधि सम्बन्धी तालिम सुरु भएको छ । कृषि विकास कार्यालयले कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उदेश्यका साथ काभ्रे र सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय तहका कृषि शाखा प्रमुख एवं प्रतिनिधिहरुको लागि तालिम आयोजना गरेको हो । आजबाट सुरु भएको ३ दिने तालिम २६ गते सम्म चल्नेछ ।
तालिमको पहिलो दिन आज कृषि क्षेत्रमा प्रयोगमा आएको नविनतम प्रविधि र नेपालको अवस्था बारे छलफल भएको छ । भोलीको कार्यक्रममा नवप्रवर्तनसँगै बाली वीमाको अवस्था, महत्व र यसको अवसर र चुनौतीका बारेमा छलफल हुनेछ ।
तालिमको अन्तिम दिन पालिकाले गरिरहेका असल अभ्यास, कृषि क्षेत्रको चुनौतीका बारेमा छलफल हुनेछ । यस्तै कृषिमा डिजिटल मोवाइलको प्रयोग लगायत प्रविधिसँग सम्बन्धीत विषयमा महत्वपुर्ण छलफल हुने कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । नविनतम प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रमा अधिकतम लाभ लिनका लागि कार्यक्रम महत्वपुर्ण हुने कार्यालय प्रमुख कुल प्रसाद दवाडीले बताएका छन् ।