धुलिखेल १२ का जेष्ठ नागरीकहरुलाई फाईबर सिरक वितरण तथा स्वास्थ्य परिक्षण

शंखु/धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा ६८ वर्ष भन्दा माथीका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका समेत गरी २ सय २० जना ब्यक्तिहरुलाई फाईबर सिरक वितरण तथा स्वास्थ्य परिक्षण गरिएको छ ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रमका बिच फाईबर सिरक वितरण गरेका छन् । नगर प्रमुख ब्यान्जुले जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नु पर्ने बताए ।
जेष्ठ नागरिकहरु नगरका धरोहरका रुपमा रहेको उनले बताए । जेष्ठ नागरिक भनेका जिवित देवता भएकाले उनिहरुको सम्मान गर्नु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । नगरपालिकाले सबै वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गर्दै स्वास्थ्य परिक्षण समेत गरिएको उनले बताए ।

कार्यक्रमका सभापति तथा वडा नम्बर १२ का वडा अधयक्ष मोहन प्रसाद लामिछानेले पुर्वाधार मात्रै विकास नभई जेष्ठ नागरिक, महिला तथा बालबाकिा, युवाको क्षेत्रमा काम गर्नु समेत विकास भएको बताए ।
वडाले वडामा पुर्बाधार सँगै विभिन्न किसिमा तालिम, स्वास्थ्य शिबिर, कृषि, खेलकुद, शिक्षा तर्फ समेत काम गर्दे आएको र निर्वाचनमा बाचा गरिएका धेरै प्रतिबद्धाहरु पुरा गरिएको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनी, कार्यपालिका सदस्य कमला काफ्ले, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, पुर्व वडा अध्यक्ष हर्क बहादुर तामाङ, वडा सचिब राजबहादुर धरला, समाजसेवी आमोद उपाध्याय लगाएतको सहभागिता रहको थियो ।

