प्रथम काभ्रे कबड्डी लिग माघ १० गतेदेखि हुने
काभ्रे कबड्डी लिगको पहिलो संस्करण माघ १० गतेदेखि सुरु हुने भएको छ । काभ्रे कबड्डी एकेडेमीको आयोजनामा जिल्लामै पहिलोपटक कबड्डी लिग हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उत्कृष्ट राइडर, डिफेण्डर, एमभीपी, उत्कृष्ट अल राउण्डर तथा म्यान अफ दी म्याचलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
लिगमा सहभागीताका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको काभ्रे कबड्डी एकेडेमीका राजेश तिमल्सिनाले जानकारी दिए ।