विपी राजमार्गमा गाडी छेकेर तोडफोड गर्ने ११ जना पक्राउ
विपी राजमार्ग स्थित काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ बेलामा गाडी छेकेर तोडफोड गर्ने ११ जना पक्राउ परेका छन् ।
वुधबार साँझ मंगलटार तर्फबाट काठमाण्डौ तर्फ आँउदै गरेको ना १ ज ६१७२ नम्बरको सुमोलाई विपरित दिशाबाट जाँदै गरेको बा ३ च ३४९४ नम्बरको सुजुकी कार र बा ३ च ५६२१ नम्बरको कारमा सवार व्यक्तिहरुले वादविबाद गरि सुमोलाई तोडफोड गरि फरार भएका थिए ।
उनीहरुलाई पक्राउ गरि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दामा दिन ७ को म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए । पक्राउ पर्नेहरुमा काभ्रेका ७, सिन्धुपाल्चोकका २, सिन्धुली र दाङका एक एक /जना रहेका छन् ।
पक्राउ परेका व्यक्तिहररुः–
१. जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १० बस्ने वर्ष ३९ को राजेश परियार
२. जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. ११ बस्ने वर्ष २४ को सुनिल माझी
३. जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. ११ बस्ने वर्ष २३ को नरेन्द्र माझी
४. जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ८ बस्ने वर्ष २६ को विजय तामाङ
५. जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २६ को छोईकु दोङ
६. जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं.४ बस्ने वर्ष २६ को प्रेम श्रेष्ठ
७. जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २६ को तेन्जिङ तामाङ
८. जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. ११ घर भई हाल का.प.जि. बनेपा नगरपालिका वडा नं.८ बस्ने वर्ष ३२ को टेक बहादुर पुन
९. जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १८ को भिसान तामाङ
१०. काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २४ को सुनिल तामाङ
११. काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. १२ बस्ने वर्ष २२ को आदेश स्याङतान