नयाँ नेतृत्व चयन गर्दै नेभ्ला बनेपा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन (नेभ्ला) बनेपाको नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेभ्ला बनेपाका अध्यक्ष सुर्यबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा पुर्व उद्योग राज्यमन्त्री एवं बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र वादेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वागमती प्रदेश सरकारका पुर्व कृषि तथा पशुपक्षीं विकास मन्त्री बसुन्धरा हुमागाँई, नेभ्ला केन्द्रिय अध्यक्ष रामप्रसाद मेहता, पशु सेवा कार्यालय काभ्रेका पुर्व प्रमुख राजकुमार हुमागाँई, नेभ्ला काभ्रेका निवर्तमान अध्यक्ष मणिप्रसाद सापकोटा लगायतले पशुसेवा सम्बन्धी समस्या र समस्या समाधानका लागि भइरहेका प्रयास बारे धारणा राखेका थिए ।
कार्यक्रममा नेभ्ला का केन्द्रिय सदस्य, प्रदेश सदस्य र जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन बनेपा नगरपालिका पशुपक्षीं शाखाका पशु विकास अधिकृत रामसुन्दर सापकोटाले गरेका थिए ।
अधिवेशनकै अवसरमा नेपाल पाराभेटेरियन एण्ड लाइभस्टक एसोसियसनले असल कृषक एवं व्यवसायीलाई सम्मान गरेको छ । १५ जना कृषकहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो भने पशुपक्षीं औषधी वितरण गरिएको थियो ।
नगर अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ । अधिवेशनबाट अध्यक्षमा रामविक्रम खड्का निर्वाचित भएका छन् । उपाध्यक्ष सन्तोष घिमिरे, सचिव नारायण खनाल, कोषाध्यक्ष बेदप्रसाद खनाल, सदस्यहरुमा सजना सापकोटा, भुवन थापा र सागर दाहाल निर्वाचित भएका छन् ।
महिला उप समिति संयोजक सर्मिला भण्डारी, सदस्यमा ललिता गिरी र चण्डीका खत्री चयन भएका छन् ।