विश्वले झेलिरहेको साझा समस्या जलवायु परिवर्तन
जलवायु परिवर्तन अहिलेको संसारको सबैभन्दा जल्दोबल्दो र मुख्य समस्याको रुपमा देखिएको छ । जसले कुनै एउटा देश अथवा कुनै एउटा महाद्वीप लाई मात्र नभएर पूरा पृथ्वीलाई नै असर पारिरहेको छ । यसको मतलब पृथ्वीमा रहेका मानिसहरू ले यो समस्या सँग सामना गर्नु परिरहेको अवस्था छ । यो समस्याको मुख्य जड अथवा कारण भनेको मानव जाति नै हो जो वातावरण को विनाशका लागि विभिन्न किसिमले अग्रसर बनेका छन् । प्रकृति र पर्यावरणलाई विनाश गरिरहेका छन् । भौतिक विकास र कृतिम उन्नतिका लागि आफूलगायत आफ्ना भावी पुस्तालाई पनि समस्यामा पारिरहेका छन् । अथवा भनौ भविष्यमा मानव अस्तित्वलाई नै संकटमा पारिरहेका छन् ।
के हो जलवायु परिवर्तन ?
संयुक्त राष्ट्रसङ्घले सन् १९९२ मा यू एन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज सम्मेलनबाट जलवायु परिवर्तन भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानवीय गतिविधिहरूले वायुमण्डलको रचना परिवर्तन गरी विश्वव्यापी मौसम प्रणालीमा दीर्घकालीन परिवर्तन गराउनु हो । भनेर परिभाषित गरेको छ । जसमा मानवजन्य क्रियाकलाप मुख्य कारण हो र यो क्रियाकलाप दीर्घकालीन असरहरूमा केन्द्रित छ भनेको छ । त्यस्तै क्ष्एऋऋ(ष्लतभच नयखभचलmभलतब िउबलभ ियल अष्mिबतभ अजबलनभ) ले क्ष्एऋऋ बककभककmभलत चभउयचतक मा जलवायु परिवर्तन भनेको समयसँगै जलवायुमा देखिने परिवर्तन हो । जुन प्राकृतिक प्रक्रियाहरू वा मानवजन्य गतिविधिहरूका कारण हुन्छ भनेर परिभाषित गरेको छ ।
त्यस्तै नासाका वैज्ञानिक जेम्स ह्यान्सन(व्बmभक ज्बलकभल) को भनाइ अनुसार जलवायु परिवर्तन भनेको पृथ्वीको ऊर्जा सन्तुलनमा असन्तुलन ल्याउने, जसले नयिदब िधबचmष्लन र चरम मौसमी घटनाहरू निम्त्याउँछ भनेर भनेका छन् । जलवायु परिवर्तनको बारे नेपाल सरकारले पनि आफ्नो धारणा प्रकाश पारेको छ । नेशनल एडप्सन प्रोग्राम अफ एक्सन २०११ मा जलवायु परिवर्तन भनेको जलवायुमा देखिने दीर्घकालीन परिवर्तन हो जसले हिमालय, पानीका स्रोत, कृषि प्रणाली र समुदायको जीवनमा प्रत्यक्ष असर पार्छ । भनेर परिभाषित गरेको छ । हिमालय र पानीका स्रोतमा यसको प्रभावलाई प्राथमिकतामा राखेर स्थानीय तथा क्षेत्रीय असरहरुलाई सम्बोधन गरेको छ । जस्तै सामान्य रूपमा पहाडी एवं तराईका गाउँ स्तरको दृष्टिकोणबाट हेर्दा जलवायु परिवर्तन भनेको बाढी पहिरोको प्रकोप बढ्नु, बाली उत्पादन घट्नु अनियमित मौसमी घटना र पानीको स्रोतमा कमी आउनु खडेरी हुनु हो भन्ने बुझिन्छ भने हिमाली समुदायको दृष्टिकोणबाट हेर्दा जलवायु परिवर्तन भनेको हिमपातको दर घट्नु हिम नदी पग्लनु र हिमताल विस्फोटको जोखिम बढ्नु हो भन्ने बुझिन्छ ।
समग्रमा भन्दा जलवायु परिवर्तन भनेको लामो समयसम्मको वातावरणीय अवस्था जस्तै तापक्रम, वर्षा, हावा आदिका ढाँचाहरुमा दशक वा त्योभन्दा लामो अवधिमा आउने परिवर्तन हो । यो प्राकृतिक प्रक्रियाका कारण हुनसक्छ तर पछिल्ला दशकहरूमा मानव गतिविधिका कारण यो परिवर्तन तीव्र रुपमा भएको छ । के जलवायु परिवर्तनमा मानव मात्र कारक हो त? पक्कै पनि मानव मात्र कारक होइन । यसमा मानव र प्रकृति दुवैको भूमिका हुन्छ । तर पछिल्ला अध्ययनहरुले भने अहिलेको जलवायु परिवर्तनको कारक मुख्यतया मानवजन्य कारणले नै भएको हो भन्ने देखाएको छ । प्राकृतिक कारणहरूले जलवायु प्रणालीमा केही परिवर्तन गर्न सक्छन् जस्तै सूर्यको विकिरण अथवा सूर्यको गतिविधिमा हुने परिवर्तनले पृथ्वीको तापक्रममा सानो तर स्थिर प्रभाव पार्छ । अर्को ज्वालामुखी विस्फोट जसले वायुमण्डलमा धुलो र ग्यास छर्दा तापक्रम अस्थायी रुपमा घट्न सक्छ । भूकम्प प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको कारण नभएपनि जलवायु परिवर्तनले परोक्ष रुपमा भूगर्विय सन्तुलनमा केही प्रभाव पार्न सक्छ । पृथ्वीको घुम्ने ढाँचामा हुने दीर्घकालीन परिवर्तनले हिम युग र तातो युग ल्याउन सक्छ । तर यी प्राकृतिक कारणहरूले हजारौं वा लाखौं वर्षमा मात्र प्रभाव देखिन सक्छ भने मानवजन्य कारणले जस्तै उद्योग, यातायात र ऊर्जा उत्पादन मा पेट्रोल डिजेल र कोइलाको प्रयोग, पशुपालनबाट मिथेन ग्याँसको उत्सर्जन, वन फडानीले कार्बन सोच्ने प्राकृतिक प्रणालीलाई कमजोर बनाउनु औद्योगिकरणसँगै वायुमण्डलमा प्रदूषण र ग्यास उत्सर्जन तीव्र हुनु, रासायनिक मल को अत्यधिक प्रयोगले नाइट्रस अक्साइड उत्सर्जन हुनु, प्लास्टिक रवर्ड र अन्य किसिमका फोहोरहरू जलाउँदा विषाक्त ग्यासको उत्सर्जन हुनु लगायतका कार्यहरू नै वर्तमानमा जलवायु परिवर्तन को मुख्य कारण बनेको छ ।
यस कारणले पृथ्वीमा नराम्रो खालको असरहरू परिरहेको छ । पृथ्वीको औसत तापक्रम बढ्दै गएको छ एक महत्वपूर्ण अध्ययन अनुसार सन् १८५० देखि १९ ०० को अवधिमा पृथ्वीको तापक्रम ०.१– ०.२ड्ढअ थोरै मात्र तापक्रम वृद्धि भएको देखिन्छ तर सन् २००० देखि २०२३ को अवधिमा पृथ्वीको औसत तापक्रम तीव्ररूपमा बढेर लगभग १.१ड्ढअ पुगेको छ । यदि मानवजन्य कारणहरूलाई भविष्यमा रोक्न सकिएन भने ग्लोबल तापक्रम ३ड्ढअ देखि डिग्री ४ड्ढअ सम्म बढ्ने अनुमान गरिएको छ । अहिले हाम्रा हिमनदीहरू पग्लिरहेका छन् । समुद्रको सतह वार्षिक रूपमा करिब ३.३ मिलिलिटरले बढिरहेको छ विशेष गरेर माल्दिभ्स जस्ता साना टापु भएको देशहरू तथा समुद्रको किनारमा बनेका ठूलाठूला सहरहरूका लागि यो ठूलो खतराको संकेत देखिएको छ । र धेरै ठाउँमा अत्यधिक गर्मी बढेको छ । जलवायु परिवर्तनले तुफान, आँधी, बाढी, आउने सुख्खा हुने र जंगलमा आगो लाग्ने जस्ता घटनाहरू बढाएको छ । धेरै प्रजाति जीवहरूका बासस्थान नष्ट हुँदैछन् ।
धेरै जनावर र वनस्पति लोप हुने खतरामा परेका छन् यसले मानव जीवनमा पनि धेरै ठूलो संकट पार्ने देखिन्छ जस्तै हिमनदी पग्लने र वर्षाको ढाँचाको परिवर्तनले विश्वभरि पानीको स्रोतमा असर पर्नेछ र त्यसको असर कै कारण दक्षिण एसिया र अफ्रिकामा पानीको संकट सुरु भइसकेको अवस्था छ मौसम अनुसार हुने खेतीमा प्रभाव परिरहेको छ अनियमित वर्षा, बाढी र लामो समयको खडेरीले कृषिमा नकारात्मक प्रभाव पार्दैछ यसले कृषि उत्पादनमा ह्रास आउने एवं बालीनाली नै नहुने पक्का पक्की छ । कृषि उत्पादन घट्दा र प्राकृतिक प्रकोप बढ्दा गरिबी र असमानता झन् गहिरिएर जाने सम्भावना छ । यसले अफ्रिका र दक्षिण एसियामा सबैभन्दा बढी असर गर्नेछ ।जसले गर्दा मानिसहरू बिस्तारै आफ्नो थाकथलो छोडेर अन्तै शरण लिन जानुपर्ने अवस्था को सिर्जना हुनेछ । तापक्रमको अधिकतम वृद्धिले गर्मीजन्य रोगहरू को प्रकोप बढ्नेछ । प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरू र पानीजन्य रोगहरुको जोखिम बढाएको छ । औद्योगिक क्रान्ति अघि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा लगभग २८० उऊ थियो तर अहिले यो ४२० उऊ भन्दा माथि छ जबकि वैज्ञानिकहरूले यदि यो मात्रा ४५० उऊ भन्दा बढी भयो भने पृथ्वी दिगो रुपमा बसोबास योग्य नहुन सक्ने चेतावनी दिएका छन् । अब ख्याल गरौँ समग्रमा जलवायु परिवर्तनले मानव जीवनमा कस्तो भयानक असरहरू पार्ने देखिन्छ ।
जलवायु परिवर्तनको कारण नेपालमा कस्तो खालको प्रभाव परेको छ ?
जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र मा हिउँको मात्रा उल्लेखनीय रुपमा घट्दै गएको छ । अचेल हामी देख्न सक्छौं पोखराबाट देख्न सकिने माछापुछ्रे हिमाल मा हिउँ कम पर्न थालिरहेको छ । त्यस्तै अन्य प्राय हिमालहरू पनि कालापत्थरको रुपमा परिणत हुँदै गइरहेका छन् । यसलाई दीर्घकालसम्म नियन्त्रण नगरेमा हिमाली क्षेत्रमा हिउँ पूर्णरुपमा नपर्ने अवस्था आउन सक्छ । र यसको समय सीमा क्षेत्रीय र विश्वको जलवायु परिवर्तनको गति, हरित गृह ग्यासको उत्सर्जन र स्थानीय वातावरणीय व्यवस्थापनमा निर्भर गर्दछ । यस्तै अवस्था रह्यो भने केही हिमनदीहरू एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा पूर्णरुपमा हराउने सम्भावना छ । पानीको स्रोत घट्दै जाने र हिमताल विस्फोटको जोखिम बढ्नेछ ।
त्यस्तै हिमालीय क्षेत्रको सौन्दर्य घट्दा नेपालमा पर्यटन व्यवसाय प्रभावित हुनेछ । नेपालका पहाडी क्षेत्रमा खोलानालाहरूमा पानीको मात्रा घट्नेछ जसले पिउनेपानी र सिँचाइ मा ठूलो समस्या निम्त्याउनेछ । खेतीयोग्य जमिनमा असर गर्दै उत्पादन घट्नेछ । नेपालको तराई क्षेत्रमा कि ठूलो बाढी वा लामो खडेरीको समस्या आउनेछ । हिमनदी पग्लने क्रममा सुरुवातमा बाढीको जोखिम हुनेछ तर दीर्घकालमा पानीको अभावले तराईको कृषि र जनजीवनमा नकारात्मक प्रभाव पार्नेछ । जलस्रोतको अभावले तराई क्षेत्रका बस्तीहरु अन्यत्र सर्नुपर्ने अवस्था आउनेछ ।
जलवायु परिवर्तनलाई रोक्न विश्वले कस्तो भूमिका निर्वाह गर्नुपर्ला?
जलवायु परिवर्तनको तीव्रतालाई रोक्न विश्वव्यापी रुपमा ठूला तथा साना सबै राष्ट्रहरुले गम्भीर भएर आआफ्नो भूमिका निम्न अनुसार निर्वाह गर्न आवश्यक छ । यसका लागि दीर्घकालीन योजनाहरू र संयुक्त प्रयास हुन आवश्यक छ ।
१ हरित गृह ग्याँस उत्सर्जन घटाउने ।
यसका लागि नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने जस्तै :
सौर्य ऊर्जा, पवन ऊर्जा र जलविद्युत जस्ता स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्नेछ । कोइला पेट्रोल डिजेल मा निर्भरता कम गर्दै लानुपर्ने देखिन्छ ।
२) वन संरक्षण र वृक्षारोपण
वनफडानी रोक्ने र हरित क्षेत्र विस्तार गर्ने र वृक्षारोपणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । वनलाई कार्बन सोच्नको लागि प्रयोग गरिनुपर्दछ । वन संरक्षण लाई आर्थिक प्रोत्साहन दिने नीति लागू गर्नुपर्दछ ।
३) स्वच्छ प्रविधिको विकास
उद्योगहरूले स्वच्छ ऊर्जाको र प्रविधिको प्रयोग गर्नुपर्दछ उच्च प्रदूषण हुने उद्योगहरूको नियमन र नवीकरणीय ऊर्जामा आधारित प्रविधिको प्रयोगमा लानुपर्ने देखिन्छ । हाल पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई प्रतिस्थापन गर्दै इलेक्ट्रिक गाडी वा साइकललाई प्राथमिकता दिनुपर्दछ । र चार्जिङ स्टेसनहरूको विस्तार र स्वच्छ ऊर्जा स्रोत प्रयोग गर्ने वातावरण बनाउनु पर्दछ ।
४) जलवायु अनुकूल वातावरण बनाउनुपर्ने ।
बाढी खडेरी समुद्र सतह वृद्धि जस्ता समस्याबाट जोगिन पूर्व तयारी र प्रबन्ध गर्नुपर्दछ । तटीय क्षेत्रहरूमा ड्याम र तटबन्ध निर्माण गर्नुपर्दछ । र अत्यधिक तापक्रम र खडेरीसँग जुध्न कृषि प्रणालीमा सुधार गर्नुपर्दछ जस्तै जल व्यवस्थापनमा सुधार अन्तर्गत सिँचाइ प्रणालीको सुधार, पानी संरक्षण प्रविधिहरू जस्तै वर्षाको पानी सङ्कलन प्रणाली लाई प्रोत्साहन गर्नुपर्छ पोखरी र जलाशय निर्माण गरी पानी भण्डारण गर्नुपर्छ । स्थानीय जलवायुमा अनुकूल हुने खालका फसलका जातका बिउहरु विकास गर्नुपर्छ र जैविक प्रविधिको प्रयोग गरी खडेरी सहने बिउको अनुसन्धान र वितरण बढाउनुपर्छ एउटै प्रकारका खेती प्रणाली हटाएर विभिन्न प्रकारका खेती लगाउने प्रणाली अपनाउनुपर्छ माटोको स्वास्थ्य सुधारका लागि जैविक मलको प्रयोगलाई बढावा दिनुपर्दछ ।
५) शिक्षा र जनचेतना अभिवृद्धि
जलवायु परिवर्तनको खतराबारे जनतालाई सचेत गराउनु पर्दछ । प्राकृतिक जीवनशैलीको महत्त्वका बारेमा सबैलाई शिक्षित बनाउनुपर्दछ बालबालिका र युवा वर्गलाई जलवायु मैत्री ज्ञान र दृष्टिकोण अपनाउने शिक्षा लिनलाई प्रेरित गर्नुपर्दछ ।
६) अन्तर्राष्ट्रिय सहकार्य र समझदारी
पृथ्वीको बढिरहेको तापक्रमलाई सीमित राख्न सबै देशहरूले प्रतिबद्धता जनाउनु पर्दछ । धनी देशहरुले गरिब देशहरूलाई हरित विकासका लागि आर्थिक सहयोग गर्नुपर्दछ । र विकसित देशहरुले स्वच्छ प्रविधि र वित्तीय सहयोग मार्फत विकासशील देशलाई जलवायु अनुकूलनमा सहयोग गर्नुपर्दछ ।
७) प्राकृतिक स्रोतहरूको दिगो उपयोग
पानी माटो र खनिज स्रोतको अत्यधिक दोहन रोक्नुपर्दछ । प्लास्टिक उत्पादन र प्रयोगमा कडाई गर्नुपर्दछ । कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगलाइ बिस्तारै कम गर्दै लानुपर्दछ ।
८) यससँग सम्बन्धित अनुसन्धान र डेटा सङ्कलन
जलवायु परिवर्तनका कारण र समाधान खोज्न बढीभन्दा बढी अनुसन्धान गर्नुपर्दछ । मौसम, विज्ञान र वैज्ञानिक अध्ययन मार्फत डाटाहरू सङ्कलन गर्नुपर्दछ ताकि जलवायु परिवर्तन को यो विश्वव्यापी समस्यालाई सबै देशहरू मिलेर रोक्ने योजना बनाउन सहज होस् । विकसित र विकासशील ठूला एवं साना देशहरूले जिम्मेवारी बाँडफाड गरेर समाधानको नेतृत्व सबैले गर्नुपर्ने देखिन्छ ।
जलवायु परिवर्तनको समस्या समाधानका लागि नेपालले चाहिँ कस्तो भूमिका खेल्नु पर्छ?
नेपालले हिमाली क्षेत्र भएको देशका रूपमा तथा हिमालमा यसको अत्यन्तै नराम्रो प्रभाव बढिरहेको हिसाबले जलवायु परिवर्तनको असरलाई रोक्न र न्यूनीकरण गर्न विशिष्ट भूमिका निर्वाह गर्न सक्छ । हिमालय पर्वत श्रृङ्खला जलवायु परिवर्तनको लागि एक महत्वपूर्ण संवेदनशील क्षेत्र मात्र नभई करोडौं मानिसहरूका लागि पानीको भरपर्दो स्रोत पनि हो । नेपालले निम्न तरिकाले आफ्नो भूमिका प्रभावकारी बनाउन सक्छ ।
१) हिमाली क्षेत्रको संरक्षण
हिमाली क्षेत्रका ग्लेसियर हिमनदीहरूको अनुगमन र संरक्षण गर्न वैज्ञानिक अध्ययन गर्नुपर्छ ग्लेसियर पग्लनलाई रोक्न जलवायु अनुकूलका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्दछ । हिमाली क्षेत्रमा पाइने दुर्लभ प्रजातिका जीवहरूको संरक्षण गर्ने र वनस्पति तथा जनावरहरूको बसोबासलाई सुरक्षित राख्ने रणनीति बनाउनुपर्छ जैविक विविधतालाई बचाउन संरक्षित क्षेत्र जस्तै राष्ट्रिय निकुञ्जहरुलाई व्यवस्थित र विस्तार गर्नुपर्ने देखिन्छ ।
२) वन संरक्षण र वृक्षारोपण
नेपालको हिमाली पहाडी क्षेत्रमा भइरहेको अनावश्यक वन फडानी रोक्न कडा नीति लागू गर्नुपर्छ र वृक्षारोपण कार्यक्रम सञ्चालन गरी हरित क्षेत्र विस्तार गर्नुपर्छ ।
नवीकरणीय ऊर्जा अन्तर्गत जलविद्युत परियोजनाहरू विस्तार गरी स्वच्छ ऊर्जाको आपूर्तिलाई सुनिश्चित गर्नुपर्छ । हिमाली क्षेत्रमा सौर्य ऊर्जा र पवन ऊर्जा जस्ता स्रोतहरूको उपयोगलाई बढाउनुपर्छ ।
३) अन्तर्राष्ट्रिय स्तरमा हिमालको मुद्दा उठाउने
हिमालको संवेदनशीलता र जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा जस्तै संयुक्त राष्ट्रसङ्घ वा अन्य सम्बन्धित मञ्चहरूमा सशक्त रूपमा उठाउनुपर्छ विश्वलाई हिमालको तापक्रम वृद्धि र हिमनदी पग्लनु जलवायु परिवर्तनको सूचक बनाउन पहल गर्नुपर्छ ।
४) अनुसन्धान र प्रविधि प्रयोग
हिमनदी र हिउँको अवस्था लाई ट्रयाक गर्न वैज्ञानिक उपकरण र प्रविधिको प्रयोग गर्नुपर्छ जलवायु परिवर्तनबारे अनुसन्धान गर्न हिमाली क्षेत्रमा क्लाइमेट रिसर्च सेन्टर स्थापना गर्नुपर्छ ।
५) क्षेत्रीय सहकार्य
हिमालयमा पर्ने अन्य देशजस्तै भारत, चीन, भुटान सँग मिलेर साझा रणनीति बनाउनुपर्छ ।
नेपालले हिमालय क्षेत्रलाई जलवायु परिवर्तनबाट जोगाउन स्पष्ट रणनीति र प्रभावकारी कूटनीति अपनाउनुपर्छ । हिमालयको संरक्षण केवल नेपालका लागि मात्र नभई सम्पूर्ण पृथ्वीको पर्यावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण छ भनेर विश्वव्यापी जनचेतना फैलाउनु आवश्यक छ ।
जलवायु परिवर्तनलाई रोक्न विश्वले विज्ञान, प्रविधि, शिक्षा र एकअर्को देशको सहयोगको माध्यमबाट साझा प्रयास गर्नुपर्छ । आर्थिक सहयोग राजनीतिक प्रतिबद्धता र स्थानीय तथा विश्वस्तरका कार्यहरूले मात्र यो गम्भीर समस्याको दीर्घकालीन समाधान सम्भव छ सबै देशहरुको एकता र दीर्घकालीन सोचले मात्रै जलवायु परिवर्तनको संकटबाट पृथ्वीलाई बचाउन सकिन्छ ।
अन्त्यमा
यस पृथ्वीमा रहेका जीवहरू मध्ये मानव एउटा त्यस्तो जीव हो जसले सोच्न सक्छ जो सँग विवेक छ । मानव विवेकशील जीव भएको नाताले पृथ्वीमा रहेका अन्य सम्पूर्ण जीव वनस्पति को संरक्षण गर्नु, पर्यावरण जोगाउनु एवं हाम्रो आफ्नै भावी पुस्तालाई स्वच्छ वातावरण सुन्दर प्रकृति भएको पृथ्वी जस्ताको तस्तै हस्तान्तरण गर्नु हाम्रो कर्तव्य एवं मुख्य दायित्व हुन आउँछ ताकि भविष्यमा उनीहरुले आफ्ना पुर्खा हरूप्रति गर्व गर्न सकुन् र उनीहरुले पनि आउने भावी सन्ततिहरूका लागि यही कार्यालाइ अगाडि बढाउन सिकुन् ।