सामुदायिक साकोसका सञ्चालकहरुलाई क्षमता अभिवृद्धि एवं संस्थागत विकास तालिम
सामुदायिक साकोसको उच्चस्तरीय सञ्चालक र उच्च ब्यबस्थापन टिमहरुको क्षमता अभिवृद्धि एवं संस्थागत विकास तालिम सम्पन्न भएको छ ।
पुस २२ देखि २५ गतेसम्म तालिम सञ्चालन भएको थियो । संस्था नेतृत्व गरिरहेका सञ्चालकहरुको विचारलाई अझ परिष्कृत बनाउन तालिम उपयोगी भएको संस्थाका अध्यक्ष मुकुन्द शर्मा वाग्लेले बताए । कार्यक्रम संचालन संस्थाका सचिव सरोज कुमार तिमल्सिनाले गरेका थिए भने संस्थाका कार्यकारी प्रमुख मदन बस्नेतले तालिम व्यवस्थापनका लागि सहजीकरण गरेका थिए ।
तालिममा सहभागी पदाधिकारी, सल्लाहकार, संचालक, कर्मचारीहरुले तालिमका बिषय बस्तुमा केन्द्रित रहेर विभिन्न बिषयहरु, शुसासन, संचालकको स्तरकोे उत्कृष्टता, रणनितिक, व्यवसायिक योजना निर्माण, वस्तु तथा सेवाहरुको निर्माण पल्स अनुगमन प्रणाली, वित्तीय व्यवस्थापन, ऋण व्यवस्थापन, जोखिममा आधारीत आन्तरीक लेखा परिक्षण तथा अनुपालना, सम्पत्ति सुद्घीकरण निवारण, सञ्चालन तथा कानुनी जोखिम व्यवस्थपन, आन्तरीक लेखापरिक्षण तथा अनुपालना वित्तीय उत्पादन को समिक्षा तथा निर्माण लगायतका विषयमा छलफल गरेका थिए ।
आन्तरीक कार्यविधी निर्माण, रणानीतिक व्यवसायिक योजना निर्माण, सञ्चालन तथा कानुनी जोखिम व्यवस्थापन तथा ऋण असुली तथा धितो लिलामी सम्बन्धी कानुनी प्रक्रिया सहकारीमा साइबर (सुचना प्रविधी) सुरक्षा आधारभुतता, संस्थागत प्रतिरक्षा, सुरक्षित ऋण लगानी सदुपयोगिता निरिक्षण तथा गैह्र बैंकिङ सम्पत्ती व्यवस्थापन नेत्तृत्व विकास अबधारणामा रहेर समेत तालिममा छलफल भएको थियो ।
सफल साकोस निर्माणको लागि व्यवस्थापकको क्षमता विकास, वित्तीय व्यवस्थापन, सदस्य सहभागीता बृद्धी तथा सदस्य स्थायित्व, संचालक हरुको स्वमुल्याङ्कन, सहित सञ्चालक समिती तथा लेखा सुपरिवेक्षण समितिको लागी वित्तीय विवरण विश्लेषण सिकाई, वार्षिक योजना तथा बजेट निर्माण, मानव श्रोत व्यवस्थापन लगायतका विषय समेटिएको सिकाई निकै महत्त्वपूर्ण रहेको सहभागीहरुले बताएका छन् ।
राष्ट्रिय सहकारी बैंक को प्रबिधिक सहयोगमा भएको तालिममा प्रशिक्षकहरु रामबाबु आचार्य, नवल कुमार अधिकारी र किरण खत्रिले प्रशिक्षण दिएका थिए । तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी ३० जनाको सहभागिता रहेको थियो । पोखरामा भएको कार्यक्रममा सहभागीहरुले यातायात खर्च आफैं व्यवस्थापन गरेका थिए ।