राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । छलफलका अन्य विषयबारे जानकारी गराइएको छैन ।