नेकपा माओवादी केन्द्रको महाभारत, बनेपा र भुम्लुमा आज खवरदारी सभा
बनेपा/नेकपा माओवादी केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहमा अधिबेशन तथा खवरदारी सभा आयोजना गरेको छ । आज शनिबार माओवादी केन्द्रले महाभारत, बनेपा र भुम्लु गाउँपालिकामा खवरदारी सभा तथा अधिबेशन आयोजना गरेको छ । माघ ५ गते बेथान्चोक गाउँपालिकामा अधिबेशन तय गरेको छ ।
‘माओवादी केन्द्र यतिखेर अधिबेशन तथा स्थानीय तहमा खवरदारी सभामा जुटेको छ’–जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालले भने–‘पार्टी संगठन निर्माण तथा खवरदारी सभा एकै साथ भईरहेको छ ।’ महाभारत गाउँपालिकामा पार्टीका उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुन सहभागि हुँदैछन् । बनेपामा पार्टी केन्द्रीय सचिव लिलामणी पोखरेल सहभागि हुँदैछन । बेथान्चोकमा पार्टीका बरिष्ठ उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागि हुनेछन् ।
यस अघि नेकपा माओवादी केन्द्रले चौरीदेउरालीमा विनोद घिसिङको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ भने नमोबुद्धमा रामकृष्ण उपाध्याय, रोशीमा मानविर वाईवा, मण्डनदेउपुरमा राज तामाङ, खानीखोलामा खड्गबहादुर जिम्बा र पाँचखालमा रमेशराज गिरी चयन भएका छन् । तेमालमा पनि अधिबेशन सकिएको छ । वाँकी पालिकाहरुको अधिबेशन पनि छिट्टै सकिने नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ ।