पृथ्वीनारायण शाहबाट राष्ट्रिय एकता सहितको अखण्डता ग्रहण गर्दा लोकतन्त्र कमजोर बन्दैन, बलियो हुन्छ

पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस भनेर चिन्ने गरिन्छ । अखण्ड नेपालको पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो । १८ औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसबाट आजको नेपाल बनेको इतिहास छ ।
प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिंदै आएको छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू–भागलाई जितेर काठमाडौ छिरेका यीनले काठमाण्डौको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठ्माण्डौको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले त्यतिबेलै छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू–भागहरु जितेको इतिहास छ ।
आजभन्दा लगभग ३ सए बर्षअघि २२ से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित स–साना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो । आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
विरालोको रंग कालो होस् वा सेतो मुसा मार्नु प¥यो भने झैं समयक्रम अनुसारका शासकहरु चाहे ति जुनसुकै नाम बोकेका किन नहुन्, तीनले मुलुकमा जनमुखी काम गर्न सक्नु पर्छ । यसरी हेर्दा यिनलाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
वि.सं. १७७९ मा आजकै दिन अर्थात पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
१८ औं र १९ औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशाल मुलुम भनेर चिनिने बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।
२०६२ र ६३ को जन आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् वा पृथ्वीजयन्ति, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ । समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा शेरा दरबारमा दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । सुव्यवस्थित ढंगले राज्य सञ्चालनका लागि उनले दिएका दिव्योपदेशको महत्व निकै छ । भावी पुस्ताले देश हाँक्दा के–के कुरामा ध्यान दिनुपर्छ भनी उनले दिएको उपदेश अहिलेको नेपाली राजनीतिका लागि पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । राष्ट्र नायक पृथ्वीनारायण शाहले दिएका केहि दिव्य उपदेशहरु–दक्षिणको छिमेकी निकै धुर्त छ उस्ले जतिबेला पनि घात गर्न सक्छ उ बाट सधैं बच्नु, मेरा साना दुखले आर्जेको मुलुक होईन, हाम्रो देश सबै जातको फूलवारि हो, नेपाल दुई ढुङ्गा बिचको तरुल हो, टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु, भारतीय व्यापारीहरुलाई सिमा प्रवेश नदिनु, घुष लिने र दिने दुबै राष्ट्रका महा शत्रु हुन्, अङ्ग्रेजहरु वाईबल लिएर पस्न सक्छन्, तिन्लाई प्रवेश निषेध गर्नु जस्ता थुप्रै दिव्योपदेश सहितको दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।
यिनको बारेमा कुरा गरिरहँदा, यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्षन हुँदैन । किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स–सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाँउमा रहेको छ । आधूनीक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा देखेको काठमाण्डौको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाहवंशको इतिहासको नयाँ आयाम प्रार्दुभाव गरेका हुन् । वि.सं. १८३१ मा मृत्यु भएका यी दूरगामी शासकका छोरा प्रताप सिंह लगायत क्रमशः शाह सन्नततिका शाषकहरुले वि.सं. २०६३ को जनआन्दोलनको माग अनुरुप शासन सत्ताबाट अपदस्त गराई गणतन्त्रामक नेपाल स्थापित गराईएको हो ।
पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू–भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डौको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललाई नियाले त्यस क्षण काठमाण्डौको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू–भागहरु जितेका थिए । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।
भक्तपुरको राजपरिवारसंग मितेरि साईनो गाँसेर पनि आक्रमण गरी विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहनेछन् ।
युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तीपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तीपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । जे होस्, आधूनिक नेपालका यी रचयीताको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल भएका थिए भने आजको स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन ।
मुलुकको राष्ट्रिय राजनीति अनावश्यक पपुलिजम् र पपुलिष्टहरुबाट ग्रसित बन्दै छ । चाहिनभन्दा नचाहिने कुरामा सामाजिक संजाल तात्ने गर्दछ । लाइक, कमेन्ट र भ्यूको कुरा गर्ने हो भने यसमा पपुलिष्ट र पपुलिजम्को जोखिम एक पछि अर्को गर्दै साँच्चै हो कि क्याहोको गतिमा वढ्दै गइरहेको छ । सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिकतै देश अनि देशबासीले भुल्न पो आँटेका हुन कि भन्ने भान हुन थालेको छ । देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हुन सक्दैन, हिंड्दैछ पाइला मेटिंदैछन्पनि हुन सक्दैन । पृथ्वी नारायण शाहका आवाज, दृष्टि अनि दिव्य उपदेशहरु आज पनि कालजयी छन् र रहिरहने !